Comments Add Comment

हृवाट्सएपका कारण महिलाले गरिन् आत्महत्या !

womenभारत उत्तर प्रदेशकी एक महिलाले बलात्कारको भिडियो सामाजिक सञ्जाल हृवाट्सएपमा सार्वजनिक भएपछि आत्महत्या गरेकी छिन् ।

स्वास्थ्यकर्मीसमेत रहेकी ४० वर्षीया गीताले बतात्कृत भएको भिडियो सार्वजनिक भएपछि आत्महत्या गरेकी हुन् ।

गीतालाई कामको शिलशिलामा अवेर रातमा पैदल हिँड्दै नजिकका गाउँमा चिनजान नभएका मानिसको घरमा समेत जानुपर्ने हुन्थ्यो । श्रीमान रक्सीमा लट्ठ हुने भएका कारण उनकै आम्दानीले पुरै घर चलाउन पर्ने बाध्यता थियो । दिनरात काम गरेर उनले आफ्ना एक छोरी र दुई छोराको स्कुले खर्च पुर्‍याएकी  थिइन् ।

डिसेम्बर २०१५ मा नजिकको गाउँमा एक युवकले गीताको पिछा गर्न सुरु गरे । ती युवकले आफ्नी गर्भवती भाउजूको गर्भ जाँच गर्न आएको समयमा पहिलोपटक गीतालाई देखेका थिए ।

जब गीताले उसलाई इन्कार गरिन् तब ती युवकले उनलाई एक्लै भेटे नछाड्ने धम्की दिन थाले । अर्को पटक जब गीतालाई ती युवकको गाउँ जानुपर्‍यो तब आफ्नी साथी खुस्बुलाई साथमा लिएर गइन् । खुस्बुले गीतालाई गाउँका बुढापाकालाई ती युबकबारे भन्न आग्रह गरिन् । तर गीताले सबैले आफूलाई दोषी देखाउने भन्दै युवकविरुद्ध बोल्न मानिन् ।

त्यसको केही दिनपछि गीता र खुस्बु पोलियो थोपा खुवाउन गाउँ गएका थिए । उक्त समयमा गीता ती युवकको नकारात्मक हर्कतको शिकार भइन् । ती युवक र उनका तीन साथीहरु मिलेर गीतालाई जबरजस्ती गरे र उनको कपडा च्यातिदिए ।

गीताले आफू बलात्कृत भएपछि प्रहरीकहाँ जाने र पीडकलाई सजाय दिलाएर छाड्ने बताउँदै थिइन् । उनी प्रहरीकोमा जानुपूर्व नै बलात्कारको भिडियो हृवाट्सएपमा सार्वजनिक भइसकेको थियो ।

गीताले गाउँका बुढापाका, पञ्चायतका सदस्यलाई आफू बलात्कृत भएको बताइन् तर उनलाई नै जिम्मेवार भएको बताइयो ।

पोस्टमार्टम रिपोर्टमा उनले विष सेवन गरेको पाइएको छ । पछिल्लो समय भारतमा बलात्कार, सामूहिक बलात्कारका भिडियोहरु सामाजिक सञ्जालहरुमा जाँदा महिलाहरु आत्मत्या गर्न बाध्य हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment