Comments Add Comment

सात पटक समय तोकियो, प्रमुख दल गम्भीर भएनन् यादव

upendra yadav

२० कात्तिक, विराटनगर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्न सात पटकसम्म समय तोकिसक्दा समेत प्रमुख दल गम्भीर नभएको आरोप लगाएका छ्न् ।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मधेसी मोर्चाका नेता समेत रहेका यादवले भने’ तत्काल समस्याको निकास नखोजिए मधेसी जनता फेरि चुप लागेर बस्दैनन् ।’

संविधान संशोधनमा पहल नै नगरी स्थानीय निकाय पुनःसंरचना र स्थानीय निकाय निर्वाचनको कुनै तुक नहुने उनले बताए ।

‘ठोस प्रस्ताव छैन’ 

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मधेसी मोर्चाले उठाएका मागका विषयमा ठोस प्रस्ताव आउन नसक्दा सहमतिको वातावरण बन्न नसकेको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष गच्छदारले सीमाङ्कनदेखि मोर्चाले उठाएका विषयका बारेमा छलफल भए पनि ठोस प्रस्ताव आउन नसक्दा सहमतिको वातावरण बन्न नसकेको बताए । कांग्रेस, एमाले र माओवादीबीचमा सहमतिको वातावरण बनाएर अघि बढ्ने हो भने संविधान संशोधन र अन्य विषयले छिट्टै पूर्णता पाउने उनको दाबी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment