२० कात्तिक, रामेछाप । रामेछापमा ८ वटा स्थानीय तह बन्ने भएको छ । प्राविधिक समितिका संयोजक एवं स्थानीय विकास अधिकारी दीनेशराज पन्तको अध्यक्षतामा बसेको बैठकले यस्तो सहमति जुटाएको हो ।
बैठकले जिल्लामा २ वटा नगरपालिका र ६ वटा गाउँपालिका आयोगमा सिफारिस गर्ने निर्णय गरेको पन्तले जानकारी दिए ।
जसअनुसार मन्थली र रामेछाप २ वटा नगरपालिका रहनेछन् । हाल सदरमुकाम रहेको मन्थली नगरपालिकामा गेलु, चनखु, पुरानागाउँ र फुलासी गाविस समेत समेटेर मन्थली नगरपालिका निर्माण गर्न प्रस्ताव गरिएको छ । जसको केन्द्र मन्थलीलाई नै प्रस्ताव गरिएको छ ।
रामेछाप नगरपालिकामा रामपुर, हिमगंगा, साँघुटार, देउराली र गोठगाउँ गाविसलाई थपिने छ र केन्द्र रामेछाप बजारदेखि ओख्रेनीको गणेशटारसम्म राख्न प्रस्ताव गरिएको स्थानीय विकास अधिकारी पन्तले बताए ।
यसैगरी हालका गुम्देल, वाम्ती, कुभुकास्थली, पि्रती, गुप्तेश्वर र भुजी गाविसलाई समेटेर उमाकुण्ड गाउँपालिका प्रस्ताव गरिएको छ । जसको केन्द्र पि्रतीको लाप्चानेदेखि अजमडाँडासम्म प्रस्ताव गरिएको छ । यसैगै चुचुरे, ठोसे, रस्नालु, वेताली, नामाडी र फर्पु गाविसलाई समेटेर बनाउन लागिएको गोकुलगंगा गाउँपालीकाको केन्द्र रस्नालुको भिमशेनस्थान प्रस्ताव गरिएको छ ।
त्यसैगरी दुरागाउँ, सैपु, बिजुलीकोट, नागदह, खिम्ति र तिल्पुङ गाविसलाई समेटेर लिखु गाउँपालिका बनाउन प्रस्ताव गरिएको छ । जसको केन्द्र धोवी प्रस्ताव गरिएको छ । यसैगरी डडुवा, दोरम्बा, टोकरपुर, गौश्वारा, लखनपुर र गुन्सी गाविसको ८ र ९ नं वडालाई समेटेर निर्माणको लागि प्रस्ताव गरिएको शैलुङ/दोरम्बा गाउँपालिकाको केन्द्र टोकरपुर ३ थामचौर तोकिएको छ ।
सुनापति गाउँपालिकामा गुन्सीको वडा नं १ देखि ७, दिमिपोखरी, हिलेदेवी, वेथान र खनियापानी समेटी हिलेदेवील्ााई केन्द्र बनाउन प्रस्ताव गरिएको छ । यस्तै राकाथुम, खाँडादेवी, मझुवा, भिरपानी, माकादुम, पकरबास, गागल र पिंखुरी गाविसलाई जोडेर खाँडादेवी गाउँपालिका बनाउन प्रस्ताव गरिएको छ । जसको केन्द्र विन्दु माकादुम बनाउन प्रस्ताव गरिएको छ ।
प्रतिक्रिया 4