पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले स्पेनिस महारथी क्लव रियल मड्रिडसँगको सम्झौता नवीकरण गर्ने भएका छन् ।
अर्को साता हस्ताक्षर हुने भनिएको नयाँ सम्झौता अनुसार जुन २०२१ सम्म रोनाल्डो रियलमै रहनेछन् । जतिबेला उनी ३६ बर्षको हुनेछन् ।
नयाँ सम्झौताको लागि अन्य सबै विवरण तयार भइसकेपनि उनको सम्झौता अवधि भने अझै पुनर्विचार गर्न सकिने बताइएको छ । यद्यपी उनको पारिश्रमिकको बारेमा भने खुलाइएको छैन ।
रोनाल्डोका एजेन्ट जर्ज मेण्डेस र रियलका निर्देशक जोसे एन्जेल सान्चेसबीचको वार्तापछि सम्झौताको खाका तयार पारिएको स्पेनिस अखबार मार्काले जनाएको छ ।
सन् २००९ देखि रियलको जर्सीमा रहेका रोनाल्डोलाई रियलले निक्कै महत्वका साथ सान्टियागो बर्नबाउमा प्रदर्शित गरेको छ । उनको उपस्थितिले मात्रै पनि टोलीका अन्य सदस्यलाई प्रेरित गर्न सक्छ ।
यी पोर्चुगिज फरवार्ड रियलकै उच्च कमाई भएका फुटबलर हुन् । अन्य कुरा यथावत रहेमा रियलले आगामी सोमबार या मंगलबार रोनाल्डोसँग सम्झौता गर्नसक्नेछ ।
प्रतिक्रिया 4