Comments Add Comment

कञ्चनपुरमा नौवटा स्थानीय तह बनाउने सहमति

२२ कात्तिक, कञ्चनपुर । कञ्चनपुरमा नौवटा स्थानीय तह बनाउने सहमति भएको छ ।

kanchanpurस्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले राजनीतिक दलको सहमतिमा नौ स्थानीय तह बनाउने सहमति गरेका हुन् ।

स्थानीय तहको संरचना निर्धारणबारे जिल्ला विकास समिति कञ्चनपुरमा भएको सर्वपक्षीय बैठकले साविक आठ नगरपालिका र बाँकी चार गाविसलाई मिलाएर अर्को छुट्टै नगरपालिका बनाउने प्रस्तावमा सहमति जनाएको स्थानीय विकास अधिकारी राजेश पौडेलले बताए ।

“भीमदत्त नगरपालिकालाई उपमहानगरपालिका बनाउनेबारे सहमति भएको छ”–उनले भने।

दोधाराचाँदनी, बेल्डाँडी, बेलौरी, पुनर्वास, कृष्णपुर, झलारी पिपलाडी र बेदकोटलाई नगरपालिकामै कायम राख्ने सहमति भएको छ ।

देखतभुलीका वडा नं ८ र ९ लाई कृष्णपुरमा गाभ्ने निर्णय गरिएको छ ।

शङ्करपुर गाविसका सबै वडा, देखतभुलीका १ देखि ७ सम्मका वडा, बाइसेविचुवा र रैकवारविचवाका केही वडालाई सम्मिलित गरी लालझाँडी नगरपालिका बनाउने सहमति भएको स्थानीय विकास अधिकारी पौडेलले बताए ।

यसअघि शङ्करपुर देखतभुली, बाइसेविचुवा र रैकवारलाई राना–थारुको बाहुल्यता रहेको क्षेत्रलाई रानाथारु स्वायत्त संरक्षित क्षेत्र घोषणा गर्ने जिल्ला प्राविधिक सहयोग समितिले निर्णय गरेको थियो । सङ्ख्याको मात्रै टुङ्गो लागेको र नामाकरणको टुङ्गो लाग्न बाँकी रहेको छ ।

“भौगोलिक, प्रशासनिक सुगमता, स्रोत साधनको उपलब्धता, जनसङ्ख्यालगायत आयोगले तोकेको मापदण्डका आधारमा राजनीतिक सहमतिमा स्थानीय तहमा सहमति भएको छ” – उनले भने । सहमति भएका विषयलाई सिफारिस साथ केन्द्रमा पठाइने उनले बताए।

रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment