Comments Add Comment

सुनकुमारीको उपचारमा सभामुख घर्तीको सहयोग

sunkumari-nepali-rolpa

२२ कात्तिक, भैरहवा । आर्थिक अभावका कारण प्रभावकारी उपचार नपाएकी रोल्पा थवाङ-८ की सुनकुमारी नेपालीको उपचारमा सभामुख ओनसरी घर्तीले १० हजार रुपैयाँ सहयोग गरेकी छन् । यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को छोरा दिपेशले २० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

आफ्नै पतीबाट मरणासन्न हुने गरी कुटीएकी सुनकुमारीको उपचार रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा भइरहेको छ । उनको उपचारमा आर्थिक अभाव भएपछि लुम्बिनी प्रेस क्लबले आर्थिक सहयोग जुटाउन अभियान चलाइरहेको छ ।

[sam_list]

सभामुख घर्ती गृहजिल्ला रोल्पाको एक कार्यक्रममा सहभागी भएर रुपन्देही हुँदै काठमाडौं फर्किने क्रममा अनलाइनखबरमा सुनकुमारीको विषयमा प्रकाशित समाचारबारे जानकारी पाएपछि आर्थिक सहयोग गरेकी हुन् । उनले माओवादी केन्द्रका रुपन्देही जिल्ला इञ्चार्ज हकिकुल्लाह खाँ मार्फत दश हजार रुपैयाँ अस्पतालमा कुरुवा बसेकी सुनकुमारीकी १३ वर्षीया छोरी विनिता नेपालीलाई दिएको माओवादीका पोलिटब्युरो सदस्य माधव शर्माले बताए ।

साथै सभामुख घर्तीले कुनै समस्या परेमा आफूलाई तत्काल सम्पर्क गर्न भन्दै आफ्नो मोबाइल नम्बरसमेत चिटमा लेखेर दिएको शर्माले जानकारी दिए ।

यसैबीच सुनकुमारी उपचारको विषयमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशले व्यक्तिगतरुपमा २० हजार रुपैयाँ दिने घोषणा गरेका छन् । उनले लुम्बिनी प्रेस क्लबका कार्य समिति सदस्य तथा अनलाइनखबरकर्मी सलमान खानसँग टेलिफोन संवाद गरेर सुनकुमारीको उपचारबारे चासो राखेका थिए । त्यसपछि उनले सुनकुमारीको उपचारमा कुनै कमी हुन नदिने भन्दै उपचारका लागि आफूहरुले पनि सहयोग गर्ने प्रतिवद्धता जनाए । लगत्तै उनले फेसबुकमार्फत् सहयोग घोषणा गरेका छन् र सहयोगका लागि सबै रोल्पालीलाई अनुरोध गरेका छन् ।

सहयोगी हात बढ्दै

सुनकुमारीको विषयमा समाचार प्रकाशित भएपछि सहयोगी हातहरु जुट्दै गएका छन् । सिद्धार्थ यातायात बस व्यवसायी समितिका अध्यक्ष सुर्यकुमार सारु मगरले १५ हजार र लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष दिपेश पछाईले दश हजार नगद सहयोग गरेका छन् ।

यसैगरी ब्रम्हमार्ग, टेकु काठमाडौंका राम गोविन्द रञ्जितकार, सिद्धार्थ यातायात बस व्यवसायी समितिका पूर्वअध्यक्ष सञ्जिव रोक्का, लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष विनोद खरेल र सिद्धार्थ उद्योग वाणिज्य संघका सचिव नेत्र आचार्यले ५-५ हजार रुपैयाँ लुम्बिनी प्रेस क्लबलाई प्रदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment