Comments Add Comment

अख्तियारले भन्योः कारबाही थालेको भन्दै सार्वजनिक नेताहरुको सूची गलत

akhtiyar-ciaa-nepal

२२ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न नेताहरुको नामसहित कारबाहीको दायरामा ल्याएको भन्दै प्रचार गरिएको सूची आफ्नो नभएको बताएको छ ।

अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्की पक्षधरले नेताहरुमाथि कारबाही थालेकाले महाअभियोग दर्ता गरेको तर्क गर्न थालेका छन् । तर, अख्तियारले भने सोमबार विज्ञप्ति निकालेर घुमाउरो शैलीमा यो दाबीको खण्डन गरेको छ ।

अख्तियारले भनेको छ, आयोग सुत्रको हवाला दिँदै केही दिन यतथा कतिपय सञ्चार माध्याम तथा सामाजिक सञ्जालहरुमा प्रकाशित सामाग्री तथा काल्पनिक सूचीलाई लिएर भ्रममा नपर्न हुन सम्वन्धित सबैलाई जानकारीका लागि अनुरोध गरिन्छ ।’

अख्तियारले सार्वजनिक पद धारण गरेका जो कोहीलाई छानविन गर्न सक्ने अधिकार आफूसँग रहेको बताएको छ । तर, आफल्नो छानविन र अनुसन्धान गोप्य रहने उसले बताएको छ ।

आयोगद्धारा सम्पादन हुने छानविन अनुसन्धान तथा अभियोजन लगायतका गतिविधि सार्वजनिक गर्नु पर्ने विषय प्रवक्तामार्फत सार्वजनिक गरिने समेत अख्तियारले जनाएको छ ।

पढ्नुहोस् अख्तियारको विज्ञप्ति

ciaa

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment