+
+
Shares

सहिद तथा वेपत्ता परिवारलाई तामाकोशीमा शेयरः प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २३ गते १३:३२

Prachanda

२३ कात्तिक, दोलखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद परिवारलाई तामाकोसीमा शेयर दिनेबारे सरकारले सोचिरहेको बताएको छन् ।

प्रधानमन्त्रीसहितको टोली मंगलबार दोलखाको लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोशी आयोजनामा निरीक्षणमा गएको थियो । त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले आयोजनाको काम निर्धारित समयभन्दा अघि नै सम्पन्न गर्न निर्देशन दिए ।

आयोजनामा ११ अर्ब जति नेपाल सरकारको ऋण रहेको भन्दै उनले भने, ‘मेरो चाहना के छ भने त्यो ऋणलाई अति विपन्न र शहिद तथा वेपत्ता परिवारको शेयरमा बदलिदिनेबारे हामी सोचिराखेका छौं । तपाईहरुले पनि फिडब्याक दिनुहोला ।’

माओवादीले यसअघि पनि सहिद तथा वेपत्ता परिवारलाई सरकारले दिने १० लाख राहत अन्तरगत ५-५ लाखको तामाकोसीमा शेयर दिनुपर्ने माग गरेको थियो ।

‘छिटो काम सक्नुस्, पुरस्कार पाउनुस्’

प्रधानमन्त्री प्रचण्डले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम निर्धारित समयभन्दा अघि नै सम्पन्न गर्न पनि निर्देशन दिए । तोकिएको समयभन्दा अघि नै काम सम्पन्न गरे कर्मचारीहरुलाई पुरस्कृत गर्ने उनले बताए ।

प्रचण्डले भने, ‘२०७५ असार भनिएको छ, त्योभन्दा ६ महिना अगाडि, ८ महिना अघि वा केहि अगाडि यसलाई सम्पन्न गर्ने टार्जेट बनाउनुस् । त्यसवाफत् यहाँ काम गर्नेहरुलाई उत्प्रेरणाका लागि आवश्यक इन्टेन्सिभ दिन सरकार तयार छ ।’

माथिल्लो तामाकोशी स्वदेशी स्रोतको परिचालनबाट निर्माणाधीन ठूलो जलविद्युत आयोजना हो । ४५६ मेगावाट क्षमताको यो आयोजना सम्पन्न हुँदा आत्मनिर्भरताको क्षेत्रमा निकै नै ठूलो उपलब्धी हुने सरकारको विश्वास छ ।

‘यो हेरिसकेपछि ठूलठूला मेगा प्रोजेक्टहरु स्वदेशी लगानीमा गर्न सकिन्छ भन्ने विश्वास बढेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘टार्जेटभन्दा अगाडि पारदर्शी तरिकाले काम सम्पन्न गर्नुभयो भने यो अपर तामाकोशीको मात्रै कुरा हुनेछैन, देशका आउने ठूलठूला आयोजनाका निम्ति पनि यो राम्रो उदाहरण हुन्छ । त्यो मोडेल कायम गर्ने कोशिस गर्नुस् । तोकिएको समयभन्दा अगाडि सम्पन्न गरेवाफत् रिवार्ड दिने व्यवस्था दिने प्रक्रिया अगाडि बढाउँछु ।’

निरीक्षणको क्रममा आयोजनाको काम सन्तोषजनक रुपले अगाडि बढेको पाइएको भन्दै प्रधानमन्त्री प्रचण्डले खुसी व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार नै कोशी लोकमार्गको पनि निरीक्षण गरेका छन् । तेह्रथुमको बसन्तपुरदेखि नेपालको उत्तरी नाका जोड्ने कोशी लोकमार्ग १६२ किलोमिटर लामो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?