+
+
Shares

अजय देवगणकी ‘छोरी’सँग रोमान्स गर्दै कपिल शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २३ गते २१:०१

kapil-and-isitaसानो पर्दामा सबैलाई हँसाउने हाश्य कलाकार कपिल शर्मा ठूलो पर्दामा रोमान्स गर्दै गरेको देखिँदैछन् ।

चलचित्र ‘किस कसिको प्यार करुँ’ अभिनेता तथा कमेडी कलाकार कपिल शर्माको अर्को चलचित्रको तयारी तीव्र गतिमा भइरहेको छ ।

समाचारहरुमा जनाइएअनुसार नयाँ चलचित्रमा अभिनेता कपिल शर्माले अजय देवगणको फिल्म दृश्यममा उनकी छोरीको रुपमा अभिनय गरेकी इशिता दत्ताका साथ अनस्किन रोमान्स गर्नेछन् ।

यी दुईको अभिनय गर्न लागेको कमेडी ड्रामा फिल्म ‘फारंगी’को निर्देशन राजीव ढिंगराले गर्नेछन् र फिल्मको शुटिङ आगामी नोभेम्बर २५ देखि सुरु हुनेछ । यसको शुटिङ पञ्जाव र राजस्थानमा गरिने बताइएको छ ।

फिल्मकी हिरोइन इशिता दत्ता तनुश्री दत्ताकी बहिनी हुन् । इशिताले सन् २०१२ मा ‘दृश्यम’ मा अजय देवगणको छोरीको भूमिकामा देखिएकी थिइन् । झारखण्डको जमदेशपुरकी इशिताले दक्षिण भारतीय चलचित्रमा पनि अभिनय गरिसकेकी छन् । इशिताले यस फिल्ममा अरुंधती त्रिवेदीको भूमिका निभाउनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?