Comments Add Comment

पूर्वलडाकू भन्छन्- हाम्रो विजोग भो ! (तस्वीरसहित)

disqualified-maiost-combatant-1
२५ कात्तिक, काठमाडौं । जनमुक्ति सेनाका तत्कालीन सुप्रिम कमाण्डर प्रचण्ड यतिबेला प्रधानमन्त्री छन् । प्रचण्डलाई देशकै प्रमुख कार्यकारी पदमा पुर्‍याउन लडेका पूर्वजनमुक्ति सेना चाँहि अहिले बालबच्चा बोकेर सडक आन्दोलनमा उत्रिएका छन् ।

पार्टी र सरकारले आफूहरुलाई बेवास्ता गरेको भन्दै सोमबार माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा कब्जा गरेका उनीहरु विहीबार बानेश्वरको सडकमा देखिए । दूधे बच्चासहित एभरेष्ट होटल अगाडि धर्नामा बसेकाहरु पूर्व लडाकूहरुले मुखमा र टाउकामा कालोपट्टी बाँधेका थिए । उनीहरुले आफ्ना बालबच्चालाई पनि कालोपट्टी बाँधिदिएका थिए ।

disqualified-maiost-combatant-8

विभिन्न सातबुँदे माग राख्दै सोमबार रातभर माओवादी कार्यालय कब्जा गरेर बसेकाहरुलाई मंगलबार बिहानै प्रहरीले बल प्रयोग गरी हटाएको थियो । केहीलाई पक्राऊ समेत गरिएको थियो ।

आफूहरुको वाक स्वतन्त्रतामा रोक लगाइएकाले सांकेतिक विरोधस्वरुप मुखमा कालोपट्टी बाँधेर धर्नामा बसेको बहिर्गमित जनमुक्ति सेनाका लेनिन विष्टले बताए ।

disqualified-maiost-combatant-7

‘अयोग्य’को पदावली फिर्ता गरी गणतन्त्रका योद्दा घोषणा गर्न,  बहिर्गमनमा परेकाहरूलाई जनसेनाको सरह ब्यवहार गर्न, सरकार, तत्कालिन माओवादी नेतृत्व र सरोकारवाला पक्षले बाल सैन्य भर्तिबाट भएको अधिकारको उलंघनको जिम्मेवारी लिनुपर्ने, युद्धमा बाल अधिकारको उलंघन गर्ने राज्य र विद्रोही पक्षलार्इ घरेलु तथा अन्तराष्ट्रिय सिद्धान्तका आधारमा न्याय स्थापना गर्नुपर्ने माग उनीहरूले राखेका छन् ।

disqualified-maiost-combatant-3

यसैगरी बाल सैन्यहरुका लागि शिक्षा पाउने बिशेष अधिकार खोसिएकोले नेपाल सरकारले ब्यवहारिक चासो सम्बोधन हुने गरी सामाजिक न्यायमा आधारित भएर एकमुष्ठ सामाजिक र आर्थिक कार्यकम बनाएर लागु गर्नुपर्ने, पक्राउ परेका बहिर्गमित जनसेना तत्काल बिनासर्त रिहा गर्नुपर्ने र घाइते, मानसिक रुपमा बिरामी र आघातमा परेकाहरु र अशक्त्तहरुलाई सरकारले तत्काल औषधि उपचार, मनोबैज्ञानिक परामर्श तथा बिशेष सहयोग कार्यक्रम लागू गर्नुपर्ने माग पनि उनीहरूले राखेका छन् ।

disqualified-maiost-combatant-10

disqualified-maiost-combatant-11

disqualified-maiost-combatant-13

disqualified-maiost-combatant-15

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment