+
+
Shares

रोल्पाका करिब १६ हजार घरधुरीमा सुधारिएको चुलो

रासस रासस
२०७३ कात्तिक २६ गते १०:५०

sudhariyako-chulho
२६ कात्तिक, रोल्पा । सन् २०१७ भित्र जिल्लालाई घरभित्रको धुवाँमुक्त घोषणा गर्ने जिल्ला परिषद्ले निर्णय गरेको भएपनि जिल्लामा सुधारिएको चुलो जडान कार्यले तीव्रता पाउन सकेको छैन ।

जम्मा ४२ हजार घरधुरी रहेको रोल्पामा हालसम्म १५ हजार आठ सय ७५ घरधुरीमा मात्र सुधारिएको चुलो जडान गरिएको सुधारिएको चुलो प्राविधिक दलबहादुर पुनमगरले जानकारी दिए।

धुवाँका कारण लाग्ने रोगमा कमी, वन फँडानी नियन्त्रणजस्ता प्रत्यक्ष फाइदाका अलावा पर्यावरणमा समेत सहयोग गरिरहेको भएपनि सुधारिएको चुलो स्थानीय सरकार र सरोकारवालाको प्राथमिकतामा नपरेका कारण तोकिएको समयमा जिल्लालाई धुवाँमुक्त गर्नेमा आफूलाई शङ्का लागेको गैरसरकारी संस्था महासङ्घ रोल्पाका अध्यक्ष कर्ण वाँठामगरले बताए।

जिल्लामा सुधारिएको चुलो निर्माण गर्नसक्ने करिब तीनसय तालिम प्राप्त प्राविधिक जनशक्तिसमेत रहेका कारण उनीहरुको परिचालन गर्ने हो भने एक वर्षमै जिल्लालाई धुवाँमुक्त बनाउन सकिने सुधारिएको चुलो अभियन्ता खुसीराम केसीले बताए ।

जिल्लामा हाल पाङ, ह्वामा, नुवागाउँ, गैरीगाउँ र झेनाम गाविस धुवाँमुक्त गाविस घोषित भइसकेका छन् भने आधा दर्जन गाविस घोषणाको अन्तिम तयारीमा रहेको बताइएको छ ।

तस्वीरः डब्लुडब्लुएफ नेपाल 

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?