Comments Add Comment

भोजपुरमा गुरुकुल स्थापना, संस्कृत शिक्षाको संरक्षण गर्ने उद्देश्य

२६ कात्तिक, भोजपुर । संस्कृत शिक्षाको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले भोजपुरको पूर्वी क्षेत्रमा पर्ने याङपाङ गाविसको सिस्नेरीमा गुरुकुल स्थापना गरिएको छ । स्थानीय बासिन्दाको पहलमा कटका सामुदायिक गुरूकुल स्थापना गरिएको हो ।

gurukul-bhojpur-yangpangगुरुकुल स्थापना गर्नुको कारणबारे प्रष्ट्याउँदै शास्त्री सोमनाथ कोइरालाले भने, ‘अहिले फ्रान्स, जर्मनी लगायतका युरोपियन यूनियन सम्बद्ध देशका प्रख्यात विश्वविद्यालयमा संस्कृत भाषा र वेदको अध्यापन गराइन्छ । तर नेपालमा आफ्नै मौलिक भाषा संस्कृत लोप हुने अवस्थामा पुगेको छ । यसलाई जोगाउन र संस्कृत शिक्षालाई गाउँ-गाउँमा फैलाउने उद्देश्यका साथ गुरूकुल स्थापना गरिएको हो ।’

सिस्नेरीमा संस्कृत शिक्षा लिनका लागि भारतबाट पनि शिष्यहरु ल्याउन प्रयास भैरहेको उनले जानकारी दिए ।

२० बर्षको कलिलो उमेरमा महत्वपूर्ण र ऐतिहासिक काम गरेका कोइरालालाई ‘युवा गुरू सोमनाथ’ भनेर चिन्ने गरिन्छ । उनले बिभिन्न जिल्लामा गएर पुराण बाचन गरेबापत पाएको दान गुरूकुलमा खर्चने गरेका छन् ।

मन्दिर नै मन्दिरले घेरिएको सिस्नेरी देउराली पवित्र संस्कृत भूमि बनाउने युवा गुरू सोमनाथको भनाइ छ ।

स्थापनासँगै गुरूकुलमा संस्कृत पढ्नेहरुको चाप बढेको छ । अहिले १५ जनाले संस्कृत अध्ययन गरिरहेका छन् भने भारतबाट पनि संस्कृत अध्ययन गर्न आउने भन्दै चासो देखाएको कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment