+
+

नेपालको बैंकिङ प्रणालीमा ५०० र १००० का साढे ३ करोड भारु भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २६ गते १६:१०

ic-varu-indian-currency२६ कात्तिक, काठमाडौं । नेपालको वित्तीय प्रणाली तथा होटलहरुमा ५०० र १००० दरका भारतीय नोटहरु साढे ३ करोड रुपैयाँ मात्रै भेटिएको छ ।

तीन दिनअघि भारत सरकारले ५०० र १००० दरका भारतीय नोट अवैध घोषणा गरेपछि बुधबार राष्ट्र बैंकले बैंक/वित्तीय संस्था, मनि चेञ्जर र होटलहरुसँग सो दरका भारु नोटको विवरण मागेको थियो ।

अहिलेसम्म साढे ३ करोडको हाराहारीमा सो दरका भारु नोट रहेको भन्ने रिपोर्ट आएको राष्ट्र बैंकका वैदेशिक विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्म ढुंगानाले जानकारी दिए ।

‘हामीले माग गरेकाहरुमध्ये अधिकांशले आफुसँग भएको भारु नोटको विवरण राष्ट्र बैंकमा पठाइसकेका छन्,’ कार्यकारी निर्देशक ढुंगानाले भने, ‘उनीहरुले दिएको जानकारी अनुसार सिस्टममा हालसम्म साढे ३ करोड भारु भेटिएको छ ।’

तर, पश्चिम पहाड र तराईमा सीमावर्ती क्षेत्रमा सर्वसाधारणले ठूलो मात्रामा भारुको उपयोग गर्ने भएकाले सर्वसाधारणसँग मोटो रकम भारु नोट हुनसक्ने उनले बताए ।

‘तर, व्यक्तिसँग के के कति भारु नोट छ भन्ने यकिन जानकारी छैन,’ ढुंगानाले भने, ‘सिस्टममा भएको भारु छुटफुट भए अझैपनि राष्ट्र बैंकमा विवरण बुझाउन सकिने छ ।’

तर, यसरी सिस्टममा रहेका भारु पनि साटिन्छन् कि साटिँदैनन भनेको अझै पनि अन्यौल छ । सरकरले उच्चस्तरमा नेपालमा भएका भारु साटिदिने प्रबन्ध मिलाउन भारतीय पक्षसँग कुटनीतिक पहल थालिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?