Comments Add Comment

माओवादी केन्द्रको राष्ट्रिय भेला फेरि पनि स्थगित

Maoist-Center-HQ-Meeting
माओवादी केन्द्रको हेडक्वाटर बैठक । फाइल तस्वीर

२६ कात्तिक, काठमाडौं । संविधान संशोधनको राष्ट्रिय एजेण्डामा केन्द्रित हुनुपर्ने भन्दै माओवादी केन्द्रले राष्ट्रिय भेला स्थगित गरेको छ ।

माओवादी केन्द्रले राष्ट्रिय भेलाको मिति पटक-पटक तोक्दै र स्थगित गर्दै आएको छ ।

यसअघि भदौमा हुने भनिएको राष्ट्रिय भेला पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएलगत्तै सरकारका काम कारवाहीमा ध्यान दिनुपर्ने भन्दै स्थगित गरिएको थियो । माओवादी केन्द्रको गत असोज २८ गते बसेको केन्द्रीय कार्यालयको बैठकले कात्तिक १० र ११ गते राष्ट्रिय भेलाको मिति पुनः तोकेको थियो । तर तयारी नपुगेको भन्दै त्यसलाई पनि सारेर मंसिर २ गतेलाई तोकिएको थियो ।

अब मंसिर दुई गते हुने भनिएको भेला पनि अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

‘संविधान संशोधन, कार्यान्वयन र महाअभियोग प्रस्तावको राष्ट्रिय एजेण्डामा केन्दि्रत हुनुपर्ने भएकाले राष्ट्रिय भेला स्थगित गर्नुपर्‍यो,’ माओवादी प्रवक्ता पम्फा भुसालले अनलाइनखबरसँग भनिन्, ‘भेलाको अर्को मिति तोकिएको छैन ।’

विहीबार विहान बसेको माओवादी हेडक्वाटरको बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेला स्थगित गर्न प्रस्ताव राखेका थिए । सो प्रस्तावमा अन्य नेताहरुले समर्थन गरेका थिए ।

प्रवक्ता भुसालले भनिन्, ‘औपचारिक निर्णय त भएको छैन तर अध्यक्षको आग्रह पछि स्थगित गरियो र फोनै फोनबाट त्यसको जानकारी दिइएको छ ।’

उनले राष्ट्रिय भेलाको अब कहिले गर्ने भन्ने टुंगो अर्कोपटक बस्ने केन्द्रीय कार्यालयको बैठकले लगाउने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment