Comments Add Comment

संविधान संशोधन विधेयक तयार भो, एमाले पनि सहमत छः प्रधानमन्त्री

pm-prachanda

२६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन विधेयक तयार भएको बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत संशोधन विधेयक दर्ता गर्न सहमति दिएको उनको दाबी छ ।

सरकारको १०० दिनको कामबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले यसै महिनाभित्र संविधान संशोधन विधेयक दर्ता हुने जानकारी दिए ।

सरकारले तयार पारेको संविधान संशोधन प्रस्तावमा प्रतिपक्षको पनि सहमति जुटाउन कोसिस भइरहेको भन्दै उनले भने, अस्ती छलफल हुँदा केपी ओलीजीले ठीक छ तपाई संशोधन प्रस्ताव दर्ता गर्नुस् । त्यसमा मेरो सहमति भन्नु भएको छ ।’

आफूले २५ गते नै संशोधन प्रस्ताव दर्ता गर्ने योजना रहेको तर,प्रतिपक्षी दलका केही नेताका अभिव्यक्ति फरक आएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेसँग फेरि एक पटक छलफल गरौं भनेकाले रोकिएको उनले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले भने, मैले हिजै प्रतिपक्ष दलका नेतासँग कुरा गरेँ । आज शेरबहादुरजीले कुरा गर्नुभयो होला । भोलि हामी यसको समिक्षा गर्छौ र दर्ताको प्रक्रियामा लाग्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment