Comments Add Comment

जात्रा हेरेर सबै हाँस्दा वर्षाकी आमा किन निरास ?

जात्राको शो शनिबार हाउसफुल

barsha-and-mom

काठमाडौं । चलचित्र जात्रामा वर्षा राउतको अभिनय हेरेर उनको बुवाआमाले मन खल्लो भएको प्रतिक्रिया दिए । ‘फिल्मले निकै हँसाउँदो रहेछ, तर मेरी छोरी रोएर बसेकी रहिछ मनै खल्लो भयो’ वर्षाको आमाले भनिन् ।

शुक्रबारदेखि प्रर्दशनमा आएको ‘जात्रा’ हेर्ने दर्शकको संख्या शनिवार बढेको छ । शुक्रबारको शो मा ६० देखि ७० प्रतिशतसम्म टिकट बिक्रि भएको ‘जात्रा’ ले शनिबार हाउसफुल दर्शक पाएको छ ।

समीक्षकको प्रशंसा र माउथ पब्लिसिटीका कारण पनि दर्शकको संख्या बढ्दै गएको हुन सक्ने निर्देशक प्रदिप भट्टराईले बताए । ‘हामीले गरेको दुखले दर्शकलाई भरपुर मनोरञ्जन दिन सफल भएको महसुस भइरहेको छ, १३ वर्षदेखि मह सञ्चारसँग गरेको सहकार्यको प्रतिफललाई दर्शकले मनपराएको पाएको छु’ उनले भने ।

फिल्मको लगानी लगभग उठिसकेको निर्माता एवं कलाकार रविन्द्रसिंह बानीयाँले बताए । यद्यपी, ‘जात्रा’ को दर्शक बढ्दै गएका कारण धेरथोर फाइदा हुनेमा ढुक्क रहेको उनी बताउँछन् ।

पैसाको विषयलाई मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिएको फिल्ममा विपीन कार्की (भष्मे डन) फरक भूमिकामा प्रस्तुत भएका छन् । यस्तै, पशुपतिप्रसादका (हनुमान) र रविन्द्र सिंह बानियाको अभिनयले पनि दर्शकको मन तान्ने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment