Comments Add Comment

बन्द गराउँदै हिडेका विप्लव माओवादी कार्यकर्ता पक्राउ

banda3२८ कात्तिक, काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेकपमा माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण सर्वसाधारणले सास्ती पाएका छन् ।

सडकमा सार्वजनिक सवारी साधनको संख्या न्यून भएपनि निजी सवारीसाधन भने निर्वाद रुपमा सञ्चालनमा रहेका छन् । चोक तथा सडकहरुका सुरक्षाकर्मीको वाक्लो उपस्थिति रहेको छ ।

banda4यसैबीच नेपाल बन्द भन्दै सडक र पसलहरु बन्द गर्दैैैै हिँड्ने विप्लव नेतृत्वको नेकपा माओवादीका ८० जना भन्दा धेरै पक्राउ परेका छन् ।  काठमाडौंको कलंकी, कालीमाटी, चावहिल, वानेश्वर, धापासी लगायतका स्थानबाट उनीहरूलार्इ पक्राउ गरेको प्रहरीले जनाएको छ । किशोर न्यौपाने, जीवन लामा, रमेश मगर लगायत पक्राउ परेको माओवादी जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment