Comments Add Comment

सिक्किममा होटलको बिल आफै तिरिन् करिश्माले

karisma-manandhar-1
नायिका करिश्मा मानन्धरले वुधबार आयोजना भएको ‘चौथो इनास फिल्म अवार्ड’मा निकै दुःख पाइन् । हुनत, आयोजकको व्यवस्थापन निकै खराब हुँदा धेरै कलाकार र पत्रकारले दुःख मात्र पाएनन्, आफ्नै खर्चमा नेपाल र्फकन पनि वाध्य भए ।

नायिका करिश्मा मानन्धर पनि यस्तै झुर व्यवस्थापनको शिकार भएकी छिन् । काँकडभिट्टा भन्सार कार्यलयबाट नै निकै दिकदार देखिएकी करिश्मा काठमाण्डौ नफर्किन्जेलसम्म हैरानमा नै परिन् । काकडभिट्टमा स्थानिय प्रशासनले कलाकारको स्वागत कार्यक्रम राखेपनि करिश्मा हलमा बसिनन् । उनी हल बाहिरको पिडीमा सुतेकी बसिन् । नायक राजेश हमाल भने परिचयात्मक कार्यक्रममा सहभागी भएका थिए ।

करिश्माका अनुसार उनका लागि कुनै होटल बुक गर्न नै आयोजकले आवश्यक ठानेन । करिश्माले सिक्किमको मेफिल नाम होटल आफै बुक गरिन्, जहाँ राजेश हमालका दम्पत्ती र नायिका मनिषा कोइरालालाई राखिएको थियो ।

इनासको सिक्किम अवार्ड आयोजकले पत्रकार बसेको होटलमा कुनै पनि दिन सोधपुछ गर्न आएको देखिएन । यस्तै, समस्या करिश्मा माथि पनि पर्‍यो । करिश्माले कुनै पनि दिन आफूलाई अवार्ड आयोजकले केहि सोधपुछ गर्न नआएको बताइन् । अवार्ड आयोजना भएको दिनमा पनि आयोजकले गाडीको व्यवस्था नगरेपछि आफै हलसम्म पुगेको उनले बताएकी छिन् । करिश्माका अनुसार र्फकने दिनमा पनि उनलाई होटलमा लिन कुनै गाडी आएन । काकडभिट्टासम्म आफै गाडीको व्यवस्था गरेर आएको करिश्माले बताएकी छिन् ।karisma-manandhar-5

करिश्माका लागि आयोजकले भद्रपुर-काठमाण्डौको टिकट व्यवस्थापन भने गरेको थियो । काठमाण्डौबाट लैजाने क्रममा आयोजकले सय जनाका लागि जहाजको टिकट काटिदिएको थियो भने र्फकने बेलामा २५ जना छानिएका कलाकारले मात्र जहाज सुविधा पाएका थिए । धेरै कलाकार, कोरस डान्सरहरु गाडीमा काठमाण्डौ फर्किएका थिए भने केहि कलाकर्मी आफै टिकट काटेर काठमाण्डौ फर्किएका थिए ।

आफूलाई ‘नखरा’ देखाएको भन्ने सुन्दा पनि दुख लागेको करिश्माको भनाई छ । करिश्माले ‘नखरा’ देखाएको भन्ने चर्चा अवार्ड समापन पछि केहि व्यक्तिको मुखबाट सुनिएको थियो । नेपाली चलचित्र क्षेत्रलाई राम्रो होस् भनेर अवार्डमा पुगेपनि व्यवस्थापकिय कमजोरीका कारण समस्या हुन थालेपछि कार्यक्रममा जानु अगाडि सोच्नु पर्ने सुन्दर नायिकाको भनाई छ ।

नेपाल आयोजक र सिक्किम आयोजकविच कम्यूनिकेशन राम्रो नहुँदा अवार्डमा व्यवस्थापकिय कमजोर देखिएको छ । जसको कारणले धेरै कलाकार र पत्रकार समस्यामा परेका थिए । कमजोरी किन र कसका कारणले भएको हो भन्ने बिषयमा नेपाल र सिक्किम आयोजकले चाडै नै जवाफ दिन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment