+
+
Shares

नवजात शिशुलाई सरकारी अस्पतालमा निःशुल्क उपचार

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २८ गते १४:०२

new-born-baby

२८ कात्तिक, काठमाडौं । सरकारी अस्पतालहरुमा नवजात शिशुको उपचार निःशुल्क गरिने भएको छ ।

नवजात शिशु मृत्युदर कम गर्न स्वास्थ्य मन्त्रालय, परिवार स्वास्थ्य महाशाखाले निःशुल्क उपचारको व्यवस्था सुरु गरेको हो । महाशाखाका अनुसार २८ दिन भन्दा कमका नवजात शिशुको ५ हजारसम्मको उपचार निःशुल्क गरिएको हो ।

यसका लागि सबै जिल्लालाई दुई लाख बजेट विनियोजन गरिएको छ । जसमा कुनै पनि शिशुलाई अर्को अस्पताल रिफर गर्नुपर्ने गम्भीर अवस्थामा उसलाई न्यूनतम ३ सयदेखि ५ हजार रुपैयासम्म उपचार खर्च प्राप्त हुनेछ ।

त्यतिमात्र हैन, कुनै पनि रिफरल केसमा उक्त शिशुलाई एक अस्पतालबाट केन्द्रीय अस्पतालमा रिफर गर्नु परेमा उनीहरुले यातायातको लागि आवश्यक पर्ने रकमको समेत व्यवस्था गरेको छ ।
महाशाखाका निर्देशक डा. डीपी विच्छाले अनलाइनखबरसँग भने, ‘उक्त व्यवस्थाअनुसार अब कुनै पनि शिशुलाई गम्भीर प्रकृतिको समस्या देखिएमा उनीहरुले सरकारी बजेटमै शिशुको उपचार गर्न सक्नेछ ।’

त्यसको लागि महाशाखाले पैसा शोध भरण (रि-इन्बर्समेन्ट) को व्यवस्था गरेको छ ।
सरकारले यसअघि नवजात शिशु मृत्युदर कम गर्न विपन्न वर्गका लागि न्युनतम तीन सयदेखि तीन हजारको उपचार खर्च व्यवस्था गर्दै आएको थियो ।

यसलाई परिमार्जन गर्दै सरकारले अब जन्मेको २८ दिनसम्मका सबै नवजात शिशुहरुलाई सबै सरकारी अस्पतालहरुमा पाँच हजारसम्मको उपचार निःशुल्क गरेका हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?