Comments Add Comment

रोनाल्डोको प्रेरणामा पोर्चुगलले लात्भियालाई हरायो

portugal

काठमाडौं । सन् २०१८ को रुश विश्वकप छनौट अन्तर्गत युरो च्याम्पियन पोर्चुगलले लात्भियामाथि ४-१ को जित हासिल गरेको छ ।

सुपरस्टार क्रिष्टियानो रोनाल्डोको प्रेरणामा घरेलु टोली पोर्चुगलले सहज जित हासिल गरेको हो । उसको जितमा रोनाल्डोले दुई गोल गरे । २८औं मिनेटमा रोनाल्डोको पेनाल्टी गोलबाट पोर्चुगलले अग्रता लिएको थियो ।

दोस्रो हाफमा उसले ३ गोल गर्‍यो । ५९औं मिनेटमा पाएको अर्को पेनाल्टीमा रोनाल्डो असफल भएका थिए । ६७औं मिनेटमा जुजिनको बराबरी गोलसँगै लात्भियाले खेलमा फर्कने प्रयास गरेको थियो ।

तर ६९औं मिनेटमा विलियम कार्भाल्होले गोल गरे भने रोनाल्डोले ८५औं मिनेटमा गोल गर्दै तीन एकको अग्रता दिलाए । खेलको इन्ज्यूरी समयमा बुर्नो आल्भेसले पोर्चुगलको ४१ गोलको जित सुनिश्चित गराए ।

समूह बीमा पोर्चुगल ९ अंकसहित दोस्रो स्थानमा छ । समूहको पहिलो खेलमा पराजित भएको पोर्चगलले त्यसपछि लगातार तीन जित निकालेको छ । यस समूको शीर्ष स्थानमा स्वीट्जरल्याण्ड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment