+
+
Shares

ट्रम्पले भने- ३० लाख आप्रवासीलाई देश निकाला गर्छौं

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २९ गते १०:१२

donald-trump

२९ कात्तिक, काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिव ३० लाख गैरकानुनी आप्रवासीलाई उनीहरुकै देश फर्काइदिने बताएका छन् ।

राष्ट्रपति निर्वाचित भएपछि पहिलोपटक सीबीएस टेलिभिजनलाई अन्तरवार्ता दिँदै ट्रम्पले अपराधिक गतिबिधिमा संलग्न त्यस्ता गैरकानुनी आप्रवासीलाई देश निकाला गर्ने बताएका हुन् ।

‘पहिलो चरणमा हामी के गर्दैछौं भने, जो अपराधिक रेडर्क भएका आप्रवासीहरु छन्, ग्याङ मेम्बर, ड्रग्स डिलरहरु छन्, उनीहरु लाखौंको संख्यामा छन्, सायद २० लाख वा ३० लाख पनि हुनसक्छन्’ ट्रम्पले अन्तरर्वातामा भने-‘उनीहरु यहाँ गैरकानुनी रुपमा बसेर अपराधिक काम गरिरहेका छन्, उनीहरुलाई देश निकाला गर्छौं ।’

ट्रम्पले चुनावको बेला मेक्सिकोसँग जोडिएको सीमा क्षेत्रमा पर्खाल लगाउने घोषणा समेत गरेका थिए । कुराकानीको क्रममा उनले आफ्नो यो बाचा पूरा गरेरै छाड्ने पनि बताए । उनले भने, ‘म यस योजनामा अडिग छु । पर्खालसँगै वाड पनि लगाउन सकिन्छ ।’

अमेरिकामा करिब १ करोड १० लाख प्रवासी रहेको अनुमान छ । तिमध्ये मेक्सिकोबाट आएकाहरुको संख्या धेरै छ ।

ट्रम्पले चुनावी अभियानको क्रममा राष्ट्रपति बराक ओबामाको कार्यकालमा ल्याइएको आप्रवासीहरुलाई माफी दिने कानुन खारेज गर्ने घोषणा समेत गरेका छन् ।

गत मंगलबार ट्रम्प हिलारी क्लिन्टनलाई हराउँदै अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले आउँदो २० जनवरीमा कार्यभार सम्हाल्नेछन् । अमेरिकी कांग्रेसका दुबै सदनमा ट्रम्पको पार्टी रिपब्लिकन पार्टीको बहुमत छ ।

ट्रम्पले आफ्नो प्रतिबद्धता दोहोर्‍याइरहँदा रिपब्लिकन पार्टीका तर्फबाट सभामुख रहेका पउल रायनले भने उनको खण्डन गरेका छन् ।
‘हाम्रो प्राथमिकता त्यो हैन, मलाई लाग्दैन कि ट्रम्पले आप्रवासीलाई देश निकाला गर्ने कुनै योजना बनाइरहेका छन्’ रायनले भने- बोर्डर सुरक्षामा भने हामीले ध्यान दिनैपर्छ ।’

– एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?