+
+
Shares

‘जात्रा’मा रविन्द्रलाई काम गराउन चाहिएको थियो हरिवंशको सिफारिश

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २९ गते ११:५१

jatra-team-2
शुक्रबारबाट रिलिजमा आएको चलचित्र ‘जात्रा’को व्यापार मल्टिप्लेक्समा उत्साहजनक छ । आइतबार नेपाल बन्दको दिनमा पनि यो चलचित्र हेर्न मल्टिप्लेक्समा दर्शक पुगेका थिए ।

चलचित्रको व्यापार देखेर उत्साहित देखिएका कार्यकारी निर्माता रविन्द्र सिंह बाँनियाले आफ्नो आँखाबाट आशु मात्र  झर्न बाँकी रहेको बताए । चलचित्रको समिक्षा हामीले केहि दिन अगाडि प्रकाशित गरिसकेका छौ । आज हामी यो चलचित्रबाट उदाएका २ पात्रको कुरा गर्नेछौ ।

चलचित्रमा सबै कलाकारले राम्रो काम गरेका छन् । जसमा, विपिन कार्की, रविन्द्र सिंह बाँनिया,बर्षा राउत यस अगाडि नै नोटिस भैसकेका कलाकार हुन् ।
नेपाली चलचित्रमा अहिले मधेसी पात्र हाबी हुँदै गएका छन् । चलचित्रमा मधेसी पात्रको भूमिका निर्वाहा गर्ने कलाकारलाई दर्शकले रुचाएका पनि छन् । कामेश्वर चौरासिया, नाजिर हुसेन यसैको उदाहरण हुन् ।rabindra-jha

चलचित्र ‘जात्रा’ले जन्माएका अर्का एक मधेसी पात्र छन्, रविन्द्र झा । रविन्द्र मिथिला नाट्य परिषद्का कलाकार हुन् । जो २५ बर्ष भन्दा लामो समयदेखि नाट्य क्षेत्रमा आवद्ध छन् । हाल उनी, एन्टेना फाउन्डेशनमा आवद्ध छन् । रोचक कुरा त के छ भने, रविन्द्रलाई चलचित्रमा अभिनय गराउनका लागि चर्चित हाँस्य कलाकार हरिवंश आचार्यले नै कुरा गर्नुपरेको थियो । ‘एन्टेना फाउन्डेशनबाट एक महिनाको बिदा मिलाएर रविन्द्र जीलाई काम गराउनका लागि हरिवंश दाइले नै कुरा गर्नु परेको थियो’, निर्देशक प्रदिप भट्टराइले भने ।

यहि, चलचित्रबाट नेपाली चलचित्रमा संभावना र आशा देखाएका अर्का पात्र हुन्, निर्देशक प्रदिप भट्टराई । लामो समयदेखि, मह संचारमा काम गर्दै आएका प्रदिपले नै यो चलचित्र लेखेका हुन् । निर्देशक र लेखनमा उनी अब्बल देखिएका छन् । पहिलो चलचित्रबाट नै आफ्नो खुबी देखाएका प्रदिप निर्देशनमा औलामा गनिने निर्देशकको सूचीमा पर्न सक्छन् ।

चलचित्रमा विपिन कार्कीले अभिनयमा नयाँपन दिएका छन् । चलचित्र ‘पशुपति प्रसाद’मा ‘भष्मे डन’ बनेर दर्शकको मन जितेका विपिनले ‘जात्रा’मा पसलेको भूमिका निर्वाहा गरेका छन् । नायिका बर्षा राउतले विपिनको श्रीमतिको रुपमा पनि राम्रो काम गरेकी छिन् । एकपछि अर्को चलचित्रमा श्रीमतिको भूमिका निर्वाहा गरिरहेकी बषर्ालाई कतै दर्शकले यस्तै भूमिकामा त रुचाउने होइनन् ?

‘जात्रा’ हेर्न दर्शकको भिड लागेको छ । कमेडी, समसामयिक बिषयलाई निकै रोचक तरिकाले प्रस्तुत गरेको यो चलचित्र हेर्दा दर्शकले पूर्ण मनोरञ्जन लिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?