Comments Add Comment

सुजाताको उपचार खर्चमा ट्रान्सपरेन्सी इन्टरनेशनलको आपत्ति

२९ कात्तिक, काठमाडौं । भ्रष्टाचार विरुद्धको अभियानमा काम गर्ने संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले कांग्रेस नेतृ सुजाता कोइरालालाई स्वास्थ्य उपचारका लागि ५० लाख दिने सरकारको निर्णयप्रति आपत्ती जनाएको छ ।

transparency-international-nepalपहुँचवाला नेतालाई राज्यकोषको पैसा बाँढ्ने नीतिले प्राथमिकता पाएको र नेपालमा उपचारको राम्रो सम्भावना हुँदाहुँदै पनि विदेशमा उपचारका लागि दलका नेता तथा कार्यकर्ताहरुले करोडौं रकम बाँडिएको भन्दै ट्रान्सपरेन्सीले सोमबार विज्ञप्ति निकालेर आपत्ति जनाएको हो ।

ट्रान्सपरेन्सीले राज्यकोषको पैसा मनलाग्दी बाँड्ने होडबाजी तत्काल रोक्न माग गर्दै सरकारको निर्णयप्रति खेद जनाएको छ । देशभित्र रहेका चिकित्सक र स्वास्थ्य संस्थाप्रति अविश्वास गर्दै उपचारको नाममा राजनीतिज्ञहरुले विदेशमा उपचार गर्न रकम माग्ने र सरकारले राज्यकोषको पैसा बाँड्ने प्रवृत्तिले सर्वसाधारण जनताको मानमर्दन भएको समेत ट्रान्सपरेन्सीको ठहर छ ।

ट्रान्सपरेन्सीले विज्ञप्तिमा भनेको छ, ‘मुलुकमा जनसाधारणले न्यूनतम स्वास्थ्यपचार नपाइरहेको, निःशुल्क भनिएको औषधि सही ढंगले वितरण नगरिएको, सरकारी अस्पतालहरुमा उपचारको समुचित व्यवस्था नगरिएको र निजी अस्पतालमा जनसाधारणको पहुँच नभएको स्थितिमा दलहरुबाटै सत्तामा रहेको बेला लुटको शैलीमा राज्यकोषको दुरुपयोग गरी विभिन्न शीर्षकमा रकम बाँड्ने प्रवृत्तिको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल भत्र्सना गर्दछ ।’

ट्रान्सपरेन्सीले मुलुकलाई स्थायित्व, सुशासन र दायित्वपूर्ण शासन व्यवस्था सञ्चालन गर्ने जिम्मेवारी पाएका दलहरुको नियतमाथि समेत प्रश्न उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment