३० कात्तिक, काठमाडौं । चीनले अघि बढाएको वान बेल्ट वान रोडको अवधारणाबारे सरकारको ठोस धारणा बुझ्न चीनियाँ प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको छ ।
चीनले एशिया, युरोप र अफि्रकाबीच सडक पूर्वाधार, रेलमार्ग र समुद्री पूर्वाधारको बिकासबाट आर्थिक प्रगति हासिल गर्ने लक्ष्यसहित अघि बढाएको यस अवधारणाबारे नेपालको धारणा मागेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
चिनियाँ राष्ट्रपति सी जिङपिङले २०१३ मै सार्वजनिक गरेको यो अवधारणामा ‘सिल्क रोड इकोनोमिक बेल्ट’ र ‘एक्काइसौं सताब्दीको सामुदि्रक सिल्क रोड’ गरी दुई भागमा छन् । यसमध्ये पहिलोमा नेपालले यसअघि नै सहमति जनाइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4