+
+
Shares

एनआरएन फ्रान्सको बार्षिक साधारणसभा सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ३० गते ८:१९

nrn-france-1

पेरिस । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सको बार्षिक साधारण सभा लाकुर्नव शहरमा आइतबार सम्पन्न भएको छ ।

सभालाई प्रमुख अतिथिको रुपमा फ्रान्सस्थित नेपाली दूताबासका उपनियोग प्रमुख रामबाबु ढकालले सम्बोधन गर्दै शुभकामाना ब्यक्त गरे ।

गैरआवासीय नेपाली संघले फ्रान्सको नेपाली समुदायलाई लक्षित गर्दै गरेका कार्यक्रमहरुको प्रशंसा गर्दै प्रमुख अतिथि ढकालले एनआरएन र दूताबासबीचको सम्बन्ध सधै सुमधुर रहने बिश्वास ब्यक्त गरे ।

nrn-france

साधारण सभाबाट संघको प्रगति तथा आर्थिक प्रतिवेदन सर्बसम्मत रुपमा पारित भएको छ । प्रमुख संरक्षक हरिहर अर्यालले संघको विधान र महत्वबारे प्रकाश पारे भने अन्तराष्ट्रिय समन्वय परिषद सदस्य मिनबहादुर जिसीले केन्ऽबाट प्राप्त शुभकामना सन्देशहरू प्रस्तुत गरेका थिए ।

 

कार्यक्रममा फ्रान्सस्थित नेपाली संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने स्थानीय कलाकारहरुले साँस्कृतिक प्रस्तुति समेत राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?