Comments Add Comment

काठमाडौंमा ‘सेमी फ्लोर बस’ गुडाउने साझाको योजना

उपत्यका बाहिर १० डिलक्स चलाउने

semi-low-floor-bus
सांकेतिक तस्वीर

३० कात्तिक, काठमाडौं । साझा यातायातले नेपालमै पहिलोपटक ‘सेमी लो फ्लोर’ बस गुडाउने भएको छ ।

अपाङ्गमैत्री ३० वटा नयाँ बस भित्र्याएर काठमाडौंमा गुडाउने अन्तिम तयारीसँगै साझा यातायातले आधुनिक सुविधाले सुसज्जित सेमी लो फ्लोर बस किन्न तयारी थालेको हो । योसँगै साझाले १० वटा डिलक्स बस किन्ने निर्णय समेत गरेको छ ।

साझाले पछिल्लो पटक ल्याएएको ३० वटा अपांगमैत्री ठूला बस रट इजाजतको पर्खाइमा छ । यातायात व्यवस्था विभाग समक्ष रुट इजाजत प्रस्ताव राखिसकेको छ र र, केही दिनमा पाउने सम्भावना छ ।

अपांगमैत्री बस चलाउन लाग्दा सर्वसाधारणले देखाएको चासोलाई ध्यानमा राख्दै लो फ्लोरको किन्ने निर्णय गरिएको साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले अनलाइनखबरलाई जानकारी दिए ।

कस्तो हुन्छ ‘सेमी लो फ्लोर’ बस ?

साझाले पहिलो चरणमा एउटा बस किनेर काठमाडौं उपत्यकामा परीक्षण गर्ने योजना बनाएको छ ।

लो फ्लोर सको ग्राउण्ड क्लेयरेन्स एकदमै कम हुन्छ । त्यसैले एकदमै मिलेको र समथर सडकमा मात्र यो बस चल्छ । यो बस समान्यभन्दा बढी महंगो हुन्छ । यो बसमा चढ्न र ओर्लन अपांगता भएका तथा अशक्त बिरामीहरुलाई कुनै लिफ्टको जरुरत पर्नेछैन ।

साझाले अहिले ल्याएको बसमा म्यानुअल लिफ्ट छ । जसमा अपाङ्गता भएका व्यक्तिहरुलाई चढाउने र ओराल्ने समयमा समयमा मान्छेले मेहेनत गरेर जोड्न्पर्छ ।

तर, लो फ्लोरको बसमा भने चढ्न ओर्लन कुनै असहज हुँदैन ।

समान्य बसमा कम्तिमा ९ सय मिलिमिटरको ग्राउण्ड क्लेयरेन्स हुन्छ । कतिपयमा त त्योभन्दा पनि उच्च हुन्छ । तर, लो फ्लोरको बसमा ४ सय मिलिमिटरको क्लेयरेन्स हुन्छ । यस्ता बस सुविधासम्पन्न र उत्तिकै आरामदायी पनि हुन्छन् । तर, चल्नका लागि भने खाल्डाखुल्डी र उबडखाबड नभएको चिल्लो सडक चाहिन्छ ।

उपत्यका बाहिर डिलक्स बस

साझाले दशैंदेखि उपत्याकाबाहिर पनि सेवा सुरु गरिसकेको छ । उसले बाग्लुङ्ग, गोरखा, वीरगञ्ज र भैहरवामा बस चलाएको छ । उसमा सर्वसाधारणको आकर्षण देखिएकाले डिलक्स बस किनेर ल्याउने निर्णय गरिएको पाण्डेयको भनाइ छ ।

यसका लागि लाग्ने सबै खर्च साझाले नै आफ्नै स्रोतबाट व्यहोर्नेछ । अहिले ल्याइएका बस भने काठमाडौं महानगरपालिकालाई १० करोडको सेयर दिएर किनिएको हो ।

अब डिलक्स र सेमी लो फ्लोर बस किन्न तत्काल टेण्डर प्रक्रिया अघि बढाइने पाण्डेयले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment