Comments Add Comment

अध्ययन भन्छः अरुपनि हुनसक्छन् स्तन क्यान्सरका लक्षण

महिलामा हुने स्तन क्यान्सरको प्रमुख लक्षण भनेको स्तनमा गाँठागुठी हुनु हो । तर एक अध्ययनले भने स्तन क्यान्सरको उपचारका लागि जाने १७ प्रतिशत महिलाको प्रमुख लक्षणको रुपमा स्तनमा गाँठागुठी बाहेक अरु नै रहेको पाइएको छ ।

breast-cancerगाँठागुठी बाहेकका लक्षणहरुमा स्तनको मुन्टो असामान्य हुनु, स्तन दुख्नु, स्तनको छाला असामान्य हुनु, दाग देखिनु, आकार असामान्य हुनु तथा सुन्निनु लगायतका हुने गरेका छन् ।

युनिभर्सिटी कलेज लण्डनका शोधकर्ता मोनिका कूका अनुसार स्तन क्यान्सर लागेका हरेक ६ मा एक जना महिलामा स्तनमा गाँठा आउने बाहेकका लक्षण देखिने गरेको पाइएको छ । यसो हुँदा महिलाहरु उपचारका लागि ढिलोमात्रै डाक्टरकोमा पुग्ने गरेका छन् ।

त्यस्तैले स्तन क्यान्सरको लक्षण केवल स्तनमा गाँठा आउनु मात्र होइन भन्ने कुरामा महिला सचेत हुनुपर्ने शोधकर्ताको भनाई छ ।

अध्ययनका क्रममा सन् २००९।१० मा स्तन क्यान्सर भएको पत्ता लागेका २३ सय जना बेलायती महिलालार्य सहभागी गराइएको थियो । त्यसक्रममा १७ प्रतिशत महिलामा स्तन क्यान्सर हुँदा स्तनमा गाँठा नदेखिएको र गाँठा नआएकै कारण उनीहरु चेकजाँच र उपचारका लागि अस्पतालमा ढिलोगरी पुगेको पाइएको छ । जबकी स्तनमा गाँठा देखिएका क्यान्सररोगी महिलाहरु भने जाँच र उपचारका लागि छिटै अस्पताल पुगेका छन् ।

यस सम्बन्धी शोध बेलायतको लिभरपुलमा हालै भएको नेसनल क्यान्सर रिचर्स इन्स्िटच्यूटको क्यान्सर सम्मेलनमा प्रस्तुत गरिएको थियो । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment