३० कात्तिक, काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजनाका प्रभावितलाई कात्तिक ३० गतेबाट मुआब्जा वितरण सुरु गर्ने भनिएपनि पुनः अन्योलमा परेको छ ।
बुढीगण्डकी प्रभावित स्थानीयलाई प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको मुआब्जा समितिले यस अघि कात्तिक ३० गते भित्रै मुआब्जा वितरण थाल्ने जनाएको थियो ।
मुआब्जा समितिले कात्तिक २२ गते गोरखा जिल्ला प्रशासनमा राजनीतिक दल लगायत र सरोकारवालहरुको भेला बेलाएको थियो ।
तर, भेलामा धादिङका राजनीतिक दलका नेताहरु अनुपस्थित भए । यसैका कारण मुआब्जा वितरणको काम सुरु हुने नसकेको धादिङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले जानकारी दिए ।
धादिङमा स्थानीय निकायको पुर्नसंरचनाबारे बैठक थयो । त्यसैले नेताहरु गोरखाको भेलामा जान नसक्दा मुआब्जा वितरणमा केही समय ढिला हुन गएको उनले अनलाइनखवरसँग बताए ।
मुआब्जा वितरण हुन नसके पनि छलफल भने निरन्तर भइरहेको र अबको केही समयमै मुआब्जा वितरणसुरु हुने सुवेदीको दाबी छ ।
मुआव्बा समितिले भने प्रभावित गोरखा र धादिङका २७ गाविसमध्ये आरुघाट र खहरे बाहेक अन्य ठाउँमा ११ वटा मोडालिटी बनाएर मुआब्जा वितरण गर्ने तयारी गरिसकेको छ ।
प्रतिक्रिया 4