३० कात्तिक, काठमाडौं । वाणिज्य बैैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा मेगा बैंकका सीइओ अनिलकेशरी शाह निर्विरोध निर्वाचित भएका छन् ।
उनी यसअघि बरिष्ठ उपाध्यक्ष थिए । अध्यक्ष पदका लागि शाहको मात्रै उम्मेद्धारी परेको थियो । संघको साधारणसभा भने बुधबार हुँदैछ । बुधबार नै निर्वाचित कार्यसमितिको घोषणा हुनेछ ।
त्यसैगरी उपाध्यक्षमा एनबी बैंकका सीइओ ज्ञानेन्द्र ढुंगाना निर्वाचित भएका छन् । अध्यक्ष र उपाध्यक्ष दुबैको कार्यकाल २ वर्षको हुने छ ।
हार्वर्ड विश्वविद्यालय अन्तर्गतको जोन एफ केनेडि स्कुल अफ गभर्मेन्टमा समेत अध्ययन गरेका शाहले एमबिए दिल्ली युनिभर्सिटीबाट गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4