+
+
Shares

तरुण दलमा भागवण्डा मिल्यो, सिटौलालाई उपाध्यक्ष र पौडेल समूहलाई महासचिव

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ३० गते १३:४७

deuba-poudel-and-sitaula

३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको तीन समूहबीच नेपाल तरुण दलको पदीय भागवण्डा मिलेको छ । तर, नेतृत्व चयन प्रक्रियाबारे अझैसम्म सहमति हुन सकेको छैन ।

कांग्रेस सभापति शेरबहादुर देउवाले तरुण दलको अध्यक्ष आफूले राखेका छन् भने । कृष्ण सिटौला समूहलाई उपाध्यक्ष र रामचन्द्र पौडेल समूहलाई महासचिव दिएका छन् ।

कांग्रेस एक नेताले भने, ‘नेतृत्व भागवण्डा मिलेको छ । सदस्यहरु पनि सहमतिमा चयन गर्ने भन्ने भएको छ ।’

देउवाले जीतजंग बस्नेतलाई अध्यक्ष प्रस्ताव गरेका छन् । उनी नेपाल विद्यार्थी संघको अध्यक्ष दावेदार थिए । तर, नयनसिंह महरलाई अध्यक्ष बनाएका देउवाले उनलाई तरुण दलको अध्यक्ष बनाउने बचन दिएका थिए । त्यस अनुसार नै उनको नाम आएको हो ।

कृष्ण सिटौला र रामचन्द्र पौडेल समूहले भने नाम दिएका छैनन् । दुबै समूह आन्तरिक छलफलमा छन् ।

नेतृत्व भागवण्डा मिलेपनि चयन प्रक्रियाबारे सहमति हुन बाँकी छ । देउवा समूहले नाम घोषणामात्र गरे हुने बताएको छ । तर, सिटौला समूहले भने सहमति अनुसार नै चुनावी प्रक्रिया अघि बढाउन चाहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?