भारतको सिक्किममा भेटिएका चर्चित हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेको जीवनमा धेरै उतार चढाव आएका छन् । हालै मात्र गिराञ्चौरमा ६५ वटा नमुना मस्ती बनाएको यो जोडीलाई सिक्किममा जनताले पनि खुलेरै प्रशंसा गरे ।
धेरै पटक कार्यक्रमको सिलसिलामा सिक्किम पुगेको यो जोडीले ‘मेरी वास्सै’ को ५ भाग सिक्किममा छायांकन गरेका थिए । अवार्ड कार्यक्रममा आकर्षक बनेर पुगेका धुर्मुस र सुन्तलीले एक अर्काको पहिरन रोजिदिने समेत काम गर्दा रहेछन् । श्रीमति कुञ्जनालाई राम्री देखिएको भन्दै सितारामले आफूलाई स्व-घोषित ह्यान्डसम देखिएको भन्दै रमाइलो गरे ।
‘धुर्मुस-सुन्तली’सँग गरिएको ‘मस्ती टक’ यहाँ हेर्नुहोस्ः
रोमान्टिक कुराकानी श्रीमान्-श्रीमतिको कतिवेला हुन्छ भन्ने प्रश्नमा यो जोडीले हरपल रमाइलो हुने बतायो । एक अर्काका लागि समय दिएको खण्डमा एकदमै रमाइलो हुने दुबैको धारणा थियो ।
धुर्मुस गिरान्चौर हुँदा सुन्तलीले धेरै मिस गरेको र म्यासेसमा नै रोमान्टिक कुरा गरेको सुनाइन् । ‘मेरी वास्सै’बाट नचिनिएको भए यति ठूलो आट गर्न सक्ने अवस्थामा पुग्दैनथ्यौं भन्दै यो जोडीले ‘नेपाली जनतालाई जसरी पनि हसाउँने’ प्रढ गरेको छ ।
प्रतिक्रिया 4