Comments Add Comment

कफीको मूल्य बढ्यो, कुनको मूल्य कति ?

coffee
३० कात्तिक, काठमाडौं । कफी दिवसकै अवसर पारेर राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मंसिर १ गतेदेखि लागू हुने गरी कफिको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

बोर्डका अनुसार गत वर्ष भन्दा य वर्ष कफीको मूल्यकमा प्रतिकेजी ३ देखि २५ रुपैयाँले वृद्धि भएको छ । बोर्डले कफीलाई तीन तहमा बर्गीकरण गरेर न्यूनतम मूल्य निर्धारण गरेको छ । जसमा ‘फ्रेस चेरी ए’ ग्रेड कफीको मूल्य प्रतिकिकलो ८० रुपैयाँ निर्धारण गरिएको छ । यो मूल्य गत वर्षको भन्दा ३ रुपैयाँले बढी हो ।

त्यस्तै ‘फ्रेस चेरी बी’ ग्रेडको मूल्य ७८ रुपैयाँ तोकिएको छ । यो मूल्य पनि गत वर्षको भन्दा ३ रुपैयाँले नै बढी हो । फ्रेस चेरी कफी भन्नाले कृषकबाट उत्पादित ताजा प्याक गरिएको र पानीमा डुबेको कफि हो ।

यसैगरी ‘पर्चामेन्ट ए’ ग्रेडको कफी प्रतिकिलो ४ सय १५ रुपैयाँ तोकिएको छ । यो मूल्य गतवर्षको भन्दा १५ रुपैयाँले बढी हो । त्यसै गरी ‘पर्चामेन्ट बी’ ग्रेडको कफीको मूल्य भने प्रतिकिलो ४ सय रुपैयाँ निर्धारण गरिएको छ । बोर्डका अनुसार यो मूल्य गतवर्षको भन्दा २५ रुपैयाँले बढी हो ।

त्यस्तै ग्रेड एको ‘ड्राइ चेरी’ को मूल्य प्रतिकिलो १ सय ४० रुपैयाँ, बी ग्रेडको प्रतिकिलो १ सय र सी ग्रेडको ४० रुपैयाँ तोकिएको बोर्डका कायृकारी निर्देशक शेषकान्त गौतमले बताए ।

मागभन्दा उत्पादन कम

नेपालबाट विदेश निर्यात हुने बस्तु मध्ये कफी एक महत्वपूर्ण कृषिजन्य उत्पादन हो । तर, स्वदेश तथा विदेशमा कफीमा माग बढ्दो छ ।

माग बढेपनि सोही अनुसारको उत्पादन भने हुन सकेको छैन । अहिले नेपालबाट मात्रै विदेशमा ८ हजार मेटि्रक टन कफीको माग छ । तर, पछिल्लो उत्पादको तथ्याङ्क अनुसार वाषिर्क उत्पादन ४ सय ३४ मेटि्रक टन मात्रै उत्पादन भएको देखिन्छ ।

यो उत्पादन पनि विगत वर्षहरुको तुलनामा ६ प्रतिशतले गिरावट आएको बोर्डले जानकारी दिएको छ ।
गत वर्ष भारतीय नाकाबन्दी तथा विनाशकारी भूकम्पबाट कफी उत्पादनमा गिरावट आएको बोर्डले जनाएको छ । गतवर्ष ४ सय ६३ मेटि्रक टन कफी उत्पादन भएको थियो ।

कफी खेति फैलिँदो

चिया तथा कफी विकास बोर्डका अनुसार यो वर्ष भने कफी उत्पादनमा उल्लेख रुपमा बढने विश्वास गरेको छ ।

बोर्डका अनुसार आर्थिक वर्ष २०७२/७३ सम्ममा आइपुग्दा कुल २६ सय ८१ हेक्टर क्षेत्रफलमा भूममा कफी खेती गरिएको छ । यो संख्या गतवर्षभन्दा २ सय ८७ हेक्टरले बढी हो ।

१० करोड रुपैयाँको कफी निर्यात

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गत वष कुल ५ करोड ५६ लाख रुपैयाँ बराबरको १ सय ५ टन कफी आयात भएको छ ।

तर, निर्यात भने आयात भन्दा दोबर भएकोृ केन्द्रले जनाएको छ । केन्द्रमा अनुसार गत वर्ष मात्रै नेपालबाट १० लाख ८ करोड रुपैयाँ बराबरको १ सय १२ मेटि्रक टन कफी निर्यात भएको छ ।

बोर्डका अनुसार आर्थिक वर्ष २०७१/२०७२ को भन्दा आर्थिक वर्ष २०७२/२०७३ मा निर्यात १५ लाख रुपैयाँ बढेको छ । भने आयत १० लाख रुपैयाँले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment