Comments Add Comment

सन्नीको वृत्तचित्र–‘दुनियाँलाई देखाउन कपडा खोलेकी छु भने, पैसा अरुले किन कमाउने ?

sunny-leone
पोर्न स्टार तथा बलिउड नायिका सन्नी लियोनीमाथि निर्माण भएको वृत्तचित्र ‘मोस्ट्ली सन्नी’को ट्रेलर सार्वजनिक भएको छ । यसमा सन्नीको पोर्न स्टारदेखि बलिउड नायिका हुँदाको यात्रा देखाइएको छ । दिलिप मेहत्ताले निर्देशन गरेको यो वृत्तचित्रमा सन्नी लियोनीको फ्यान ओसामा विन लादेन पनि थिए भन्ने देखाइएको छ ।

यो वृत्तचित्रमा सन्नीले आफ्नो संघर्षपूर्ण जीवन र मानिसले गर्ने आलोचनाको बिषयमा कुरा गरेकी छिन् । यो वृत्तचिमा सन्नीले अंग प्रदर्शन गरेर पैसा कमाउने तरिकाको बिषयमा आफ्नो सुझा पनि दिएकी छिन् । सन्नी भन्छिन्–‘मेरो जिन्दगीको थ्योरी यो छ कि, यदि पुरै दुनियाँलाई देखाउनका लागि मैले कपडा उतारेकी छु भने, म चाहन्छु धेरै भन्दा धेरै पैसा कमाउँ । किन अरु मानिसले पैसा कमाउन् ? यहि काम गर्नमा नै मैले नाम हासिल गरेकी छु ।’

सन्नी लियोनीले बलिउडमा चलचित्र ‘जिस्म २’बाट पाइला राखेकी थिइन् । खासै सफल हुन नसकेपनि उनको चर्चा मिडियामा सधैजसो नै हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment