Comments Add Comment

‘लोकमान निकट’ उच्च सरकारी अधिकारीमाथि अख्तियारले थाल्यो छानविन

पहुँचवाला सचिव, दुर्इ सहसचिव र प्रहरी एआइजी तानिए

arjun-karki-and-chudamani-sharma

३० कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका दुई सचिवसहित केही उच्च सरकारी अधिकारीमाथि छानविन थालेको छ ।

अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध महाअभियोग दर्ता भएर उनी पदीय जिम्मेवारीमा नरहेपछि अख्तियारले ठूलो छानविन थालेको सम्भवत यो पहिलो हो ।

कामु प्रमुख आयुक्त  दीप बस्न्यात नेतृत्वमा रहेको अख्तियारले तानेका धेरै उच्चपदस्थहरू यसअघि ‘लोकमान निकट’ र ‘पहुँचवाल’का रुपमा चिनिन्थे ।

स्रोतका अनुसार अख्तियारले छानबिनको प्रक्रियामा ल्याएका पदाधिकारीहरुमा नेपाल ट्रष्टको कार्यालयका सचिव अर्जुनकुमार कार्की, सिंचाई सचिव गजेन्द्रकुमार ठाकुर, सहसचिव तथा आन्तरिक राजस्व कार्यालयका महानिर्देशक चुडामणि शर्मा, कानुन मन्त्रालयका सहसचिव धनराज ज्ञवाली छन् ।

ट्रष्टको कार्यालयका सचिव कार्की यसअघि भौतिक मन्त्रालयमा थिए । भूकम्पका बेला खरिद गरिएको त्रिपालमा भएको अनियमिततामा कार्यालय प्रमुखको रुपमा दोषी देखिएका उनलाई लोकमानसिंह कार्कीले उन्मुक्ति दिएका थिए ।

यस्तै सहसचिव तथा भन्सार विभागका महानिर्देशक शिषिर ढुंगाना र विभागका अन्य कर्मचारीविरुद्ध पनि अख्तियारले छानबिन थालेको छ ।

सहसचिव ढुंगानालाई हिजैमात्र सामान्य प्रशासन मन्त्रालयले सचिवमा बढुवाका लागि सिफारिस गरेको थियो । अब उनको कारबाही नटुंगिदासम्म बढुवा गर्न मिल्दैन ।

नेपाल प्रहरीका बहालवाला एआईजी प्रताप थापा र विरेन्द्रबाबु श्रेष्ठमाथि पनि छानविन थालिएको स्रोतले बताएको छ । श्रेष्ठ केही समय पहिलेसम्म अख्तियारमै कार्यरत थिए ।

अख्तियारले उनीहरुको बैंकको लकर र बैंक एकाउन्ट समेत मंगलबारबाट रोक्का गरिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment