Comments Add Comment

जाडोमा यसरी गर्नुस् छालाको हेरचाह

skin-care-coldकाठमाडौ । जाडो मौसममा हातखुट्टा फुट्ने समस्या बढी हुने भएकाले यो बेला छालाको विशेष ख्याल गर्नुपर्ने हुन्छ । पानी कम खानुका साथै सुक्खा हावाका कारण जाडोमा छाला खस्रो हुने तथा फुट्ने गर्छ ।

जाडो मौसममा हावाले शरीरमा भएको पानी चाँडै सोस्ने भएकोले छाला सुख्खा बनाउँछ । यसैले जाडो मौसममा बाहिर हिँड्दा जहिले पनि सकेसम्म शरीरका अधिकांश भाग ढाक्ने लुगा लगाएर छालालाई हावा र घामबाट बचाउनुपर्छ । पञ्जा र मोजा लगाउन हत्तपत्त टुटाउनु हुँदैन ।

अर्कोतर्फ, पानी पर्याप्त मात्रामा खाँदा पनि छाला सुख्खा हुन र फुट्न पाउँदैन । हामीमध्ये धेरै जनाको प्यास लागेपछि मात्र पानी खाने बानी हुन्छ । सामान्यतया जाडोमा हामी पानी कम खान्छौं । छाला सुरक्षित राख्न हामीले यस्तो बानी त्याग्नुपर्छ ।

मोइस्चराइजर क्रिम

जाडो मौसममा छालालाई खस्रो हुनबाट जोगाउन दिनहुँ मोइस्चराइजर क्रिमको प्रयोग उपयुक्त मानिन्छ । यो क्रिममा तेलको मात्रा बढी हुने भएकोले छालालाई नरम बनाउँछ । मोइस्चराइजर बिहान मुख धोएपछि लगाउनु उचित हुन्छ । यसका साथै राति सुत्नुभन्दा अगाडि लगाएमा पनि लाभदायक हुन्छ ।

बजारमा विभिन्न ब्राण्डका मोइस्चराइजर क्रिम पाइन्छन् ।  तपाईंले जुनसुकै ब्राण्डको मोइस्चराइजर क्रिम प्रोग गर्न सक्नुहुन्छ । तर, छाला बढी नै सुख्खा हुने समस्या छ भने तपाईंले तेलको मात्रा बढी भएको क्रिम रोज्नु उपयुक्त हुन्छ ।

मोइस्चराइजर लगाएर सकेसम्म घाममा नहिँड्नु नै वेश हुन्छ । हिँड्नै परे त्यसमाथि सनस्क्रिन क्रिमको प्रयोग गर्नु राम्रो मानिन्छ । कतिपयलाई मोइस्चराइजर क्रिमका कारण एलर्जी पनि हुन सक्छ । त्यस्तो अवस्थामा गिल्सरिनमा गुलाबजल र थोरै कागती मिसाएर लगाउँदा पनि छाला सुरक्षित राख्न सकिन्छ ।

खासगरी जाडो मौसममा छालाको हेरचाह गर्नु छ भने प्रशस्त पानी पिउन ब्युटिसियनहरु सुझाव दिन्छन् ।

(ब्युटिसियन सुदेश्ना विष्टसितको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment