Comments Add Comment

‘ए मेरो हजुर २’मा बोल्ड साम्राज्ञी

samragyi-in-ya-mero-hajur-2
एस.के. थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘ए मेरो हजुर २’को प्रदर्शन मिति तय गरिएको छ । निर्माण कम्पनीले दिएको जानकारी अनुसार चैत्र १८ गतेबाट यो चलचित्र रिलिज हुनेछ ।

निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापाले पत्रकारसँग भेटघाट गरि चलचित्र निर्माणको अनुभव साटेका हुन् । पहिलो पटक निर्देशक बनेकी झरनाले कलाकार बन्न नै सजिलो हुने बताइन् । उनले कामसँगै कलाकारको पिर पनि निर्देशकमाथि रहने सुनाइन् । निर्माता सुनिलकुमार थापाले चलचित्रको बजेट छायांकनसम्म आइपुग्दा नै ७५ लाख कटेको जानकारी दिए ।

मुस्ताङ, तिलिचो ताल लगायतका रमणिय स्थानमा चलचित्र छायांकन गरिएकाले पनि लागत बढेको उनले सुनाए । चलचित्रमा नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह मुख्य भूमिकामा छिन् ।gharana-thapa-in-ya-mero-hajur-2 shoot-of-ya-mero-hajur-2
उनलाई चलचित्रमा नव-नायक सलिनमान बाँनियाले साथ दिएका छन् । माइनस ४ डीग्रीमा चलचित्र खिचिएको निर्माता थापाले सुनाए । निर्माण कम्पनीले साम्राज्ञीले चलचित्रमा राम्रो पारिश्रमिक लिएर काम गरेको सुनायो । नायिका थापाले चलचित्र आफूले सोचे भन्दा नी राम्रो बनेको भन्दै दर्शकले मन पराउने विश्वास व्यक्त गरिन् ।

‘ए मेरो हजुर २’ नाम राखिएपनि यो चलचित्र अघिल्लो चलचित्र ‘ए मेरो हजुर’को सिक्वेल नभएको निर्माणपक्षले स्पष्ट पारेको छ । सांगीतिक लभ स्टोरी यो चलचित्रलाई नेपालसँगै विश्वभरका विभिन्न स्थानमा प्रदर्शन गर्ने योजना निर्माणपक्षको छ ।

यसैविच, चलचित्रको छायांकन सकेर निर्देशक झरना थापा एक महिनाका लागि अमेरिका उड्ने भएकी छिन् । sunil-and-gharna ya-mero-hajur-song-shoot

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment