काठमाडौं । यस वर्षको स्वरसम्राट् नारायण गोपाल स्मृति सम्मान वरिष्ठ गायिका ज्ञानु राणा र मिरा राणालाई दिइने भएको छ ।
नारायण गोपाल संगीत कोषले गायिकाद्वयलाई सम्मान गर्ने निर्णय गरेको कोषकी महासचिव उषा शेरचनले जानकारी दिइन् । कात्तिक २९ गते बसेको कोषको बैठकले पुरस्कारबारे निर्णय गरेको हो । लामो समयदेखि संगीत यात्रामा लागेका ज्ञानु र मिरालाई नेपाली सांगीतिक क्षेत्रमा पुर्याएको योगदानको लागि सम्मान गरिन लागेको जनाइएको छ ।
नारायण गोपालको २६औं स्मृति दिवसको अवसरमा मंसिर १९ गते राजधानीमा आयोजना हुने विशेष समारोहमा सो सम्मान अर्पण गरिने कार्यक्रम छ । सम्मानमा २५ हजार रुपैयाँ र तामपत्र रहेको संगीत कोषले जनाएको छ ।
गत वर्ष सो सम्मान रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमाल र वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाले पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4