+
+

लोकमानका ज्वाइँको दाबीः म्याद तामेलीमा अवरोध हैन, सहयोग गरेको छु

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २ गते १६:५७

२ मंसिर, काठमाडौं । अख्तियारका निलम्वित प्रमुख लोकमानसिंह कार्कीका ज्वाइँ प्रवल थापाले म्याद तामेलीमा आफूले अवरोध नगरेको दाबी गरेका छन् । बरु आफूले सहयोग गरेको उनको दाबी छ ।

prabal-thapam-lokman-ka-juaiम्याद तामेलीमा अवरोध गरेको भन्दै परेको निवेदनमा सर्वोच्चले कार्की र उनका ज्वाइँ थापासहित चार जनासँग लिखित जवाफ मागेको थियो । कार्कीले तीन दिनअघि अदालतमा पुगेर जवाफ दिएका थिए भने उनका ज्वाइँले पनि विहीबार जवाफ बुझाएका छन् ।

कार्कीका ज्वाइँ थापाले सर्वोच्चमा बुझाएको लिखित जवाफमा घटना भएको दिन आफू कार्कीको घरसँगै जोडिएको काका ससुराको घरमा काम विशेषले गएको र त्यहीबेला म्याद बुझाउन आएका कर्मचारीलाई भेटेको बताएका छन् ।

उनले भनेका छन्, कर्मचारीहरुलाई मैले कार्की अख्तियार परिसरमा सपरिवार बस्नुहुन्छ भनी सत्यतथ्य विषयमा दिएको जानकारीलाई अन्यथा अर्थ लगाई तामेलीमा अवरोध गरेको भनाइ सर्वथा झुट्टा हो ।’

त्यहाँ जम्मा भएका कसैले आफूतर्फ संकेत गर्दै ‘उहाँलाई बुझाए भइहाल्यो नि’ भनेको र आफूले कार्की टंगालमा बस्ने र त्यहीँ बुझाउन नम्र बोलीमा भनेको उनले जवाफमा उल्लेख छ ।

कार्कीको टंगालस्थित सरकारी निवासमै म्याद बुझाएको आफूले थाहा पाएको भन्दै थापाले भनेका छन्, म समेतले निज कार्की आयोगकै परिसरमा बस्नुहुन्छ, त्यहाँ म्याद बुझ्ने मानिस छन् भन्ने कुराले प्रस्तुत मुद्दाको म्याद तामेलीमा सहयोग पुग्न गएको छ भने त्यही कुरा गर्दा तत्काल म्याद तामेलीमा कसरी असहयोग भयो ?’

कार्कीका ज्वाइँले तामेलीमा असहयोग गरेको समाचारका साथै उनको तस्वीरसमेत केही पत्रिकामा प्रकाशित भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?