+
+
Shares

आगामी वर्ष दशैअघि मेलम्चीको पानी आउने

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ३ गते ७:५०

melemchi३ मंसिर,काठमाडौँ । काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका लागि ल्याउन लागिएको मेलम्चीको पानी प्रशोधन केन्द्र निर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको छ ।

व्यवस्थापिका–संसद्, विकास समितिले केन्द्र निर्माणस्थल सुन्दरीजलमा गरेको अनुगमनमा यस्तो तथ्याङ्क पाइएको हो । आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको पानी वितरणका लागि उपत्यकामा बिछ्याइरहेको पाइप र पानीपोखरी निर्माणको पनि समितिले आजै स्थलगत अनुगमन गर्यो ।

समितिका सभापति रवीन्द्र अधिकारी नेतृत्वको टोलीलाई प्रशोधन केन्द्र निर्माणको जानकारी दिँदै मेलम्ची खानेपानी आयोजनाका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले आठ करोड ५० लाख लि पानी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए ।  “फागुनसम्ममा केन्द्र निर्माण सक्छौँ, अर्को आठ करोड ५० लाख लिटर पानी संशोधन केन्द्र निर्माण आगामी पुसदेखि सुरु गर्छौं, त्यसका लागि टेन्डर आह्वान भएको छ”, उनले भने ।

निर्देशनालयले मेलम्चीको पानी वितरणका लागि उपत्यकामा बिछ्याउनुपर्ने ६७० किमी पाइपलाइनमध्ये ४१९ किमीको काम सम्पन्न भएको आयोजना निर्देशक टिरेसप्रसाद खत्रीले बताए ।  “विसं २०७४ असोजअघि नै पाइपलाइन बिछ्याउने र उपत्यकामा नौ वटा पानीपोखरी निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । व्यस्त सडकमा पाइपलाइन बिछ्याउन समस्या भएको छ”,उनले भने ।

सिन्धुपाल्चोक, हेलम्बु गाविसस्थित मेलम्ची खोलाबाट २७ किमी सुरुङमार्ग हुँदै दैनिक १७ करोड लि पानी उपत्यकामा ल्याउने सरकारको योजना छ । हालसम्म २१ दशमलव १९४ किमी सुरुङ निर्माण भइसकेको र ६ दशमलव ३९ किमी निर्माण बाँकी रहेको आयोजनाले जनाएको छ । विसं २०७४ को बडादसैँअघि नै मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खसाल्ने आयोजनाको लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?