Comments Add Comment

होला त अमेरिकामै आइफोन उत्पादन ?

Iphonese2अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पको विजयको असर सिलिकन भ्यालीमा समेत देखा पर्न सुरु गरेको छ ।

विश्वको सबैभनदा मूल्यवान अमेरिकी कम्पनी एप्पलले ट्रम्पको विजयसँगै आफ्नो उत्पादन नीतिमै महत्वपूर्ण फेरवदल गर्ने संकेत गरेको छ । आफ्नो सबैभन्दा चर्चित उत्पादन आइफोनका पाटपुर्जा निर्माणको काम एसियाली देशहरुमा आउटसोर्स गर्दै आएको एप्पलले अब आइफोनका पाटपुर्जा अमेरिकामै उत्पादन गर्ने सोँच बनाएको छ ।

निक्केइ एसियन रिभ्यूमा प्रकाशित समाचार अनुसार एप्पलले आइफोनका पाटपुर्जा एसेम्बल गरेर आइफोन उत्पादनमा सहयोग गर्दै आएको आफ्नो एक एसियाली साझेदारलाई यस्तो उत्पादन कार्य अमेरिकामै सार्न सकिने सम्भावनाबारे परीक्षण सुरु गर्न आग्रह गरेको छ ।

यस्तो आग्रह गत जुन महिनामै गरिएको भएपनि ट्रम्पको एन्टी कर्पोरेट पपुलिज्म नीतिका कारण उनको विजयपछि एप्पललको यस्तो आग्रहको विषय अर्थपूर्ण बनेको हो ।

ताइबानको बहुराष्ट्रिय कम्पनी होन हाइ प्रेसिजन इन्डस्ट्री जुन फोक्स्कोन टेक्नोलोजी ग्रुपको नामले पनि चिनिन्छ, एप्पलको करार उत्पादक हो । यो आइफोन एसेम्बल गर्न एप्पलले भाडामा लिएका दुइ एसियाली कम्पनी मध्ये एक हो ।

तर ताइबानको अर्को कम्पनी पेगाट्रनले भने उत्पादन कार्य अमेरिकामा सार्दा लागत धेरै हुने भन्दै एप्पललको यस्तो आग्रह अस्विकार गरिसकेको छ । फक्सकोनले भने एप्पलको आग्रहका बारेमा अध्ययन गरिरहेको छ ।

श्रोतका अनुसार अमेरिकामा आइफोन उत्पादन गर्नु भनेको लागत दोब्बर हुनु हो ।

ट्रम्पको विजयसँगै एप्पल र यसका पार्टनरहरु भयभित भैरहेका बताइन्छ । चुनावी अभियानकै क्रममा ट्रम्पले सस्तो विदेशी श्रममा निर्भर भएका अमेरिकी कम्पनीहरुलाई शुल्क लगाउने घोषणा गरेका थिए । साथै उनले आफु राष्ट्रपति भएपछि अमेरिकी कम्पनीहरुलाई देशभित्रै फर्काउन आफ्नो शक्ति लगाउने बताएका थिए ।

एता ट्रम्पका खरो आलोचक रहेका एप्पलका सिइओ टिम कुकले गत हप्ता आफ्ना कर्मचारीहरुलाई लेखेको इमेल पत्रमा डोनाल्ड ट्रम्पको नाम समेत उच्चारण नगरी आफ्ना कर्मचारीहरुलाई एक भएर अघि बढ्न आग्रह गरेका थिए ।

आइफोन मात्र नभएर एप्पलका अन्य धेरै उत्पादनहरु एसियामै उत्पादन हुने गरेका छन् । आफ्नो उत्पादन चीनमा समेत आउटसोर्स गर्ने एप्पल एक्लो अमेरिकी कम्पनी हो ।

विश्लेषकहरुका अनुसार प्रविधि उत्पादन उद्योगको रोजगारी अमेरिकामै फिर्ता ल्याउने घोषणा ट्रम्पले गरेपनि त्यो असम्भव देखिन्छ । चीनमा पर्याप्त रुपमा उपलब्ध रहेको जनशक्ति, विज्ञता तथा आपूर्ति प्रणालीको क्षमता अमेरिकासँग मिल्दैन । विज्ञहरुका अनुसार अब अमेरिकी कम्पनीहरुलाई चिनिया श्रमिकहरु प्रयोग गरेको भनेर आलोचना गर्नुको कुनै अर्थ छैन । किनकी अमेरिकाले देशलाई चाहिने सीप भएका जनशक्ति उत्पादन गर्न बन्द गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment