Comments Add Comment

लुलियासँग व्रेकअपपछि उर्वशीसँग सलमानको प्रेम चर्चा

urbashi-and-salman
बलिउड नायक सलमान खान कुनै न कुनै यूवतीसँग जोडिएकै हुन्छन् । अविवाहित ५१ बर्षका सुपरस्टारको नाम कुनै न कुनै यूवतीसँग जोडिएर चर्चा हुन्छ ।

केहि समय अघिसम्म रोमानियाकी मोडल लुलिया वन्तुरसँग उनको नाम जोडियो । लुलिया सलमानकै घरमा बसिन् । सलमानको परिवारसँग पनि उनको निकटता भयो । तर, अहिले लुलिया रोमानिया पुगिसकेकी छिन् । उनी र सलमानविच भाषा, खाना र रहनसहनका कारण व्रेकअप भएकोे उनले दिएको एक अन्र्तवार्ताबाट पनि प्रष्ट हुन्छ ।

लुलियाले भारत पुगेर आफूले भाषा, खाना सबै सिकेको बताइन् । उनले भारतमा बाहिर हिड्दा कस्तो पहिरन लगाउने भन्ने बिषयमा भने ध्यान दिनुपर्ने बताएकी छिन् । उनले भारतमा एउटै घरमा धेरै मानिस बस्ने भएकाले पनि गोप्यता नभएको खुलाएकी छिन् ।

लुलियासँग व्रेकअप भएपछि सलमानको नाम अहिले नायिका तथा मोडल उर्वशी रौटेलासँग जोडिएको छ । उर्वशी अहिले सलमानको घरमा धेरै देखिन थालेको भारतीय मिडियाको दाबी छ । सलमानसँग जोडिएर उर्वशी करिअर बनाउन चाहन्छिन् भन्ने चर्चा पनि भैरहेको छ ।

सलमानको अपार्टमेन्टमा उर्वशी पुग्न थालेपछि अहिले यी दुइविच प्रेम नै रहेको चर्चा सुरु भएको छ । सलमान र उर्वशीले भने यो बिषयमा केहि पनि बोलेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment