३ मंसिर, काठमाडौं । नेपालका पर्यटकीय सम्भावना बोकेका क्षेत्रमध्ये मध्य तथा सुदूरपश्चिममा पनि प्रचुर भौगोलिक र सांस्कृतिक भण्डार छन् । तर, पर्याप्त प्रचारप्रसार हुन नसक्दा अपेक्षा गरिए अनुसार सो क्षेत्रमा पर्यटकको आगमन हुन सकेको छैन ।
मध्य तथा सुदूर पश्चिमलाई चिनाउने गरी राजधानीको नेपाल पर्यटन बोर्डमा फोटो पत्रकार भरतबन्धु थापाको फोटो तथा भिडियो पदर्शनी बिहीवारदेखि सुरु भएको छ ।
मनघरी फाउन्डेशनको आयोजनामा भएको प्रदर्शनीमा थापाले एक दशकमा कैद गरेका फोटो तथा भिडियोहरू राखिएका छन् । तीमध्ये केही तस्बिरहरुः
सुर्खेतको आओलचिङमा पैसरी नाच नाचिंदै