बलिउडमा स्टारका छोराछोरीलाई डेब्यू गराउने मामालामा निर्माता तथा निर्देशक करण जोहर माहिर मानिन्छन् । करणकै चलचित्रबाट धेरै स्टारका छोराछोरी बलिउडमा प्रवेश गरेका छन् र हिट पनि भएका छन् ।
अब, उनै करण नायिका श्रीदेवीकी छोरीलाई पनि बलिउडमा भित्राउने तयारीमा लागेका छन् । जान्वी कपुरलाई करणले बलिउडमा डेब्यू गराउन लागेका हुन् । जान्वीका पिता बोनी कपुरले यो कुराको खुलासा गर्दै करणले अफर गरेको बताएका छन् ।
तर, करणले कुन प्रोजेक्टका लागि जान्वीलाई अफर गरेका हुन् भन्ने बोनीलाई पनि थाहा छैन । मराठी भाषाको सुपरहिट चलचित्र ‘सैरत’को बलिउड रिमेकका लागि करणले जान्वीलाई अफर गरेको भारतीय मिडियाको भनाई छ ।
यो यूवापुस्ताको लभ स्टोरी चलचित्र हो । जान्वी पनि बलिउडमा प्रवेश गर्न चाहेको नायिका श्रीदेवीले बताएकी छिन् । के आलिया भट्ट र बरुण धवन जस्तै जान्वी पनि बलिउडमा चम्केलिन्, प्रतिक्षा गरौ ।
प्रतिक्रिया 4