३ मंसिर, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले मुलुक बिकासका लागि आफुले परिकल्पना गरेका बिकास योजनाहरुलाई व्यंग्यको बिषय बनाएको गुनासो गरेका छन् ।
शुक्रबार काठमाडौंमा एक गीतिसंग्रहको विमोचन गदै एमाले अध्यक्ष ओलीले आफूले सरकारको नेतृत्व गरेको बेलामा परिकल्पना गरिएका विकास निर्माणका योजनालाई मजाकमा उडाइएको दुखेसो गरे ।
उनले नेपालले पानी जहाज किन्ने हिम्मत राख्छ भनेर आफूले समृद्ध मुलुकको परिकल्पना गर्दा आलोचित बन्न पुगेको उल्लेख गरे । उनले विकास निर्माण र मुलुकको परिर्वनका लागि आफूसँग देशभक्ति, आँट र हिम्मत भएपनि हाँसोको पात्र बनाइएको गुनासो गरे ।
अध्यक्ष ओलीले एमालेले जनताको चाहना र देशको हितमा मात्र काम गर्ने प्रष्ट पारे । पछिल्लो समय अंगीकृत नागरिकता र उनीहरुको नेपाली हैसियतका बारेमा चर्चा गरिएको समाचारप्रति इंगित गर्दै अध्यक्ष ओलीले नेपाली नागरिकले नेपालकै हितमा काम गर्नुपर्ने उल्लेख गरे ।
प्रतिक्रिया 4