Comments Add Comment

नेपालमा बजारको माग र नाफा हिसाबमा हुन्छ खेतीः अध्ययन

apple-nepali
३ मंसिर, काठमाडौं । नेपालका किसानले बजार माग र नाफाको आधारमा खेती गर्ने गरेको एक अध्ययनले देखाएको छ । विभिन्न दश जिल्लामा गरिएको कृषिसँग सम्बन्धित अध्ययन प्रतिवेदनले किसानले जलवायु परिवर्तनभन्दा पनि खेती प्रणालीमा आएको आधुनिकता र बजारको मागअनुसार बाली परिवर्तन गर्ने गरेको देखाएको हो ।

कुनै पनि बस्तुमा बजारले गरेको मूल्य निर्धारण र नाफाको आधारमा कृषकले नयाँ नयाँ बाली भित्र्याउने गरेको अध्ययनले देखाएको छ ।

नेपाल आर्थिक संघले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा अनुसन्धानकर्ता नन्दकाजी बुढाथोकीले बजार र नाफामुखी खेती प्रणाली विकसित हुँदै गएको बताए ।

कृषि मन्त्रालयले जलवायु परिवर्तनका कारण परम्परागत खेतीमा कमी आएको र नयाँ नयाँ प्रजातीका रोगका कारण उत्पादनमा ह्रास आएको बताएपनि अध्ययनअनुसार कृषकले नाफामुखी भएर नयाँ नयाँ ढंगबाट खेती गर्न थालेको देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment