+
+
Shares

ओलीको प्रश्नः पाँच नम्बर प्रदेशलाई छुट्याउने कसको माग ?

रासस रासस
२०७३ मंसिर ४ गते १३:३२

kp-oli

४ मंसिर, लुम्बिनी । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले पाँच नम्बर प्रदेशलाई छुट्याउन नहुने बताएका छन् ।

शनिबार बिहान भैरहवा विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले पाँच म्बर प्रदेश छुट्याउनुपर्ने कुनै पनि माग जनताले नराखेको बताए ।

‘पहाड र मधेसका जिल्ला जोडिएकै कारण पाँच नम्बर प्रदेशलाई छुट्याउनु पर्दछ भन्ने जबर्जस्ती माग कतिपय पक्षको छ, उनले भने, ‘मैले सोध्ने गरेको छु, यो माग कसको हो, पाँच नम्बर प्रदेशलाई किन छुट्याउनुपर्छ, यसबाट के प्राप्त हुन्छ, यी प्रश्नको उत्तर बिना आएको मागको सर्मथन कसरी गर्ने ?’

उनले प्रदेश नम्बर पाँचलाई कुनै पनि हालतमा छुट्याउन नसकिने उल्लेख गर्दै यस्ता मागका पछाडि नलाग्न सबैमा आग्रह गरेका छन् ।

एमाले अध्यक्ष ओलीले कुनै पनि मुलुकमा अङ्गिकृत नागरिकताधारीले संवैधानिक अङ्गको प्रमुख बन्न पाउने प्रावधान नभएकाले नेपालमा पनि अङ्गिकृत नागरिकताधारीलाई संवैधानिक अङ्ग प्रमुख बनाउन नसकिने स्पष्ट पारे ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?