+
+
Shares

खाना खाँदा पानी पिउन नहुने ७ कारण

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ४ गते १६:१०

drinking-water
पानी जिवनका लागि अत्यावश्यक छ । पर्याप्त पानी पिउनु मानव स्वास्थ्यका लागि अनिवार्य कुरा हो । तर पानी पिउनुछ भन्दैमा खाना खाइरहेको बेला पानी पनि पिउनु स्वास्थ्यवर्द्धक हुँदैन । यस्तो बानीले उल्टै हाम्रो सरीरमा असर पूराउँदछ । खाना खाइरहेको बेला पानी पिउनाले स्वास्थ्यमा पर्ने असर यस्ता छन्ः

१. खानासँगै पानी पिउनाले सरीरको मेटाबोलिज्म सुस्त हुन्छ । जसका कारण सरीरमा पर्याप्त उर्जा दहन हुँदैन र मोटोपना बढ्दछ ।

२. खाना खाँदै, पानी पिउँदै गर्नाले पेटमा अम्लियपना बढ्दछ । जसले एसिडिटीको समस्या आउँछ ।

३. खानासँगै पानी पिउनाले खानेकुरा राम्रोसँग पच्न पाउँदैन । जसका कारण कब्जियतको समस्या आउँछ ।

४. सरीरमा युरिक एसिडको मात्रा बढ्दछ । जसले मृगौला तथा मुटुरोगको जोखिम बढाउँछ ।

५. खानेकुरा पच्नका लागि लामो समय लाग्दछ । जसका कारण अपच हुने, पेट दुख्ने तथा पेटमा ग्यास जम्मा हुने जस्ता समस्या देखा पर्दछन् ।

६. खाना खाने बेला पान पिउनाले टाइप टू डाइबेटिजको खतरा बढ्छ ।

७. खानामा रहेका पोषक तत्वलाई सरीरले राम्रोसँग शोषण गर्न पाउँदैन । यसले पोषणको कमी हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?