+
+
Shares

उल्फा विद्रोहीको आक्रमणमा तीन भारतीय सैनिकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ५ गते ८:२६

india-unrest-northeast५ मंसिर, असम (भारत) । भारतको असम राज्यमा स्थानीय उल्फा विद्रोहीहरुको आक्रमणमा परी तीन भारतीय सैनिकको मृत्यु भएको छ ।

शनिबार तीनसुकिया जिल्लाको पेनगरी क्षेत्रमा गस्तीमा खटिएका सैनिकको गाडीलाई उल्फा विद्रोहीहरुले एम्बुसमा पारेपछि गोली वर्षाएका थिए । गोली प्रहारबाट तीन सैनिकको मृत्यु हुनुका साथै ४ सैनिक जवान घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

बिहानै साढे ५ बजे सेनामाथि आक्रमण गरेर विद्रोहीहरु जंगलतिर भागेका थिए । घटनापछि सेनाले सर्च अभियान चलाएको छ ।

भारतको पूर्वोत्तर राज्य असममा विगत केही दशकदेखि उल्फा विद्रोहीहरुले सशस्त्र गतिविधि गर्दै आइरहेको भए पनि भारत सरकारले त्यसलाई अझैसम्म साम्य पार्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?