+
+
Shares

सन्नीलाई अभिनय सिकाउँदै आमिर

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ५ गते ११:४७

sunny-and-amirमुम्बई ।सन्नी लियोनीले आफुसँग ठूला स्टारले कामगर्न नमानेको भन्ने बित्तिकै आमिर खानले आफुलाई सन्नी लियोनीसँग कामगर्न कुनै समस्या नभएको टिप्पणी गरेका थिए । उनको यहि भनाई सार्वजनिक भएपछि सामाजिक सञ्जालमा राम्रै टिका टिप्पणी पनिभएको थियो ।

अहिले तिनै आमिर खान सन्नीको सहयोगी बनेका छन् । भारतीय मिडियाले उल्लेख गरे अनुसार आमिरले सन्नीलाई अभिनय प्रसिक्षकको ब्यबस्था गरिदिएका छन् ।

सन्नीकै आग्रहमा आमिरले आफ्नो अभिनय गुरु प्रकाश भारद्धाजलाई सन्नीसँग भेट गराइदिएका छन् । अब केहिदिन सन्नीलाई प्रकाशले अभिनय सिकाउने छिन् । त्यसो त सन्नीले अबदेखि इन्टिमेट सिनमामात्रै आफु सिमितनहुने बताएकी छिन् । त्यसो त उनी अरबाजखानसंगै ‘तेरा इन्तजार’ मापनि देखिँदैछिन् ।

बलिउडमा करिअर बनाउने ध्याउन्नमा रहेकि सन्नी अभिनित थोरै मात्रै चलचित्र सफल छन् । उनले अभिनय गरेको पछिल्लो तीन चलचित्र ब्यबसायिक रुपमा असफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?