Comments Add Comment

महिन्द्राको नयाँ कृषि विशेषज्ञ ट्रयाक्टर ‘युवो’ बजारमा

३०-४५ एचपी सेग्मेन्टमै सबैभन्दा उत्कृष्ट

mahindra-yubo
५ मंसिर, चितवन। महिन्द्राको नेपालका लागि आधिकारिक विक्रेता अग्नि ग्रुप अन्तर्गत रहेको अग्नि इन्कर्पाेरेटेडले युवो ट्याक्टरहरुको नयाँ रेन्ज सार्वजनिक गरेको छ । ३०-४५ हर्सपावर सेग्मेन्टमा सबैभन्दा उत्कृष्ट टेक्नोलोजीका साथ आएको ट्याक्टरले अझ धेरै कभरेज, छिटोे अपरेशन तथा उत्कृष्ट गुणस्तरको कार्यक्षमता प्रस्तुत गर्ने कम्पनीले जनाएको छ ।

पूर्णतया नयाँ प्लाटर्फममा बनेको नवीनतम तथा इन्डस्ट्री र वर्गमै पहिलो १२ फर्वार्ड र ३ रिभर्स् फूल कन्स्ट्यान्ट-मेश गियर बक्स्का साथ महिन्द्रा युवो एकदम बहु-उपयोगी छ  ।

युवोको उन्नत टेक्नोलोजीले कृषकहरुको विभिन्न प्रयोजनहरु पूरा गर्न सक्छ । कृषकहरुलाई हार्भेस्टिङ्गदेखि ल्याण्ड पि्रपेरेशन र पोस्ट-हार्भेस्टिङ्ग आवश्यकतासम्म युवोले दिने कम्पनीले जनाएको छ । यसले धेरै काम छिटो गर्ने र उत्कृष्ट ढंगले गर्ने क्षमता राख्छ ।

अनावरण कार्यक्रममा महिन्द्रा एण्ड महिन्द्राका साउथ एशिया हेर्ने हेड अफ इन्टरनेशनल अपरेशन भाइस प्रेसिडेन्ट जय जादवले भने “महिन्द्रा भोल्यूमको आधारमा विश्वकै नं. १ ट्याक्टर ब्राण्ड हो, जो विश्वभरका कृषकहरुलाई नवीनतम टेक्नोलोजीका कृषिमुखी समाधानहरु पस्कन प्रतिबद्ध छ ।’

उनले अघि थपे-‘महिन्द्रा युवो कम्पनीको यस लक्ष्यतर्फ चालिएको एक प्रमुख कदम हो र यसले नेपालका विकासोन्मुख कृषकहरुका आवश्यकता पूरा गर्ने छ । युवोको डिजाइन संसारभरिका कृषि प्रयोजनहरुमा लागेका कृषकहरुको आवश्यकतालाई ध्यानमा राख्दै गरिएको छ । जसले युवोलाई एक कृषि विशेषज्ञ ट्याक्टर बनाएको छ ।’

जादवले अर्काे एक विशेषज्ञ प्रोडक्ट स्पेलिस्ट सोल्युसन पस्कन लागेको पनि बताए । कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भने, ‘गत जुनमा अर्जुन नोभोे अनावरणले पाएको जोरदार प्रतिक्रियाको एक वर्ष भित्रमै भएको नेपालको ट्याक्टर सेग्मेन्टमा यो दाश्रो ठूलो अनावरण हो र यसलाई आˆना देशभर फैलिएका डिलर सञ्जालमाझ प्रस्तुतगर्न पाएकोमा कम्पनी गर्वित छ ।’

उनले महिन्द्रा युवोले थुप्रै नयाँ टेक्नोलोजीहरु प्रस्तुत गरेको बताउँदै जस्तोसुकै माटोमा उत्कृष्ट पर्फमेन्श दिने बताए । यसलाई ३० वटाभन्दा बढी कृषि प्रयोजनहरुमा सहयोग गर्ने जानकारी कम्पनीले दिएको छ ।

फुलकन्स्ट्यान्ट मेश गियर बक्स्का साथै एर्गाेनोमिकल्ली डिजाइन गरिएको कारजस्तो साइड-सिˆट गियर सिस्टमले ड्राइभिङ्ग अनुभव आरामदायी र सहज बनाएको छ ।

युवोको प्लानेटरी रिडक्सनले यसलाई एकदमै मजबुत ट्याक्टर बनाएको छ । सरल पहुँच तथा न्यूनतम एर्फटका लागि डिजाइन गरिएको अपरेटर प्लाटर्फम तथा डिलक्स सिट, लिभर र पेडल्स्ले लामो समयसम्मको थकानरहित कार्य गर्न कृषकहरुलाई विशेष सहयोग पुर्‍याउने कम्पनीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment